LIVE
एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकारको कसरत | आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन |

जनकपुरधाम । गर्मियाम सुरु भएसँगै तराई मधेशमा आलगिका घटनाहरु हुन थालेको छ । शनिवार मात्रै महोत्तरि भान्सा घरमा बालेको चुल्होबाट आगो सल्केर आगलागी हुँदा जलेर दुई जना घाईते भएका छन् भने घरमा लाखौ मुल्य बराबरको धनमाल जलेर क्षति भएको छ ।
जिल्लाको बलवा नगरपालिका–४ परौल टोल स्थितमा बस्ने रामसागर यादवको खपडाको छानो, बाँसको टाटिले बेरिएको कच्ची भान्सा घरमा बालेको चुल्होबाट अचानक आगो सल्कन गई आगलागी हुँदा ५२ वर्षीय जयकरण यादव र ५० वर्षीय चन्दर देवी घाईते भएको छ । उनको उपचारको जनकपुरधाम स्थित प्रादेशिक अस्पताल जनकपुरधाममा सम्भव नभएपछि थप उपचारको लाथि काठमाण्डौ लगिएको जिल्ला प्रहरी कार्यालय महोत्तरिका प्रहरी निरीक्षक सरोज कुमार राईले जानकारि दिए । उनले आगलगिबाट घरमा समेत क्षति भएको बताए ।
त्यसैगरि, सप्तरीको तिरहुत गाउपालिकाको लोहजरामा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ ।
थानीय राम किसुन मैरता यादवको घरमा बिजुलिको तार सर्ट भई अचानक आगलागि हुँदा झन्डै ४० लाख ९९ हजार मूल्य बराबरको क्षति भएको हो । यादवको घरसँगै टासिएका छिमेकी देव नारायण ठाकुर,सत्यनारयण ठाकुरको घरमा समेत आगोले क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

सम्बन्धित खबर