LIVE
८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप |

जनकपुरधाम । विभिन्न ५ सुत्रिय मागसहित स्थानीय जनक चोकमा धर्ना १७ दिनदेखि धर्ना दिदै आएका चुरे तथा वन जंगल अभियानहरुले मधेश प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारि मन्त्रालय घेराउ गरेका छन् ।
विगत १७ दिनदेखि आफुहरु धर्ना दिएपनि प्रदेश सरकारले कुनै सुनवाई नगरेको भन्दै अभियानीहरूले आइतबार सो मन्त्रालय घेराउ गरेका हुन् । संघ, प्रदेश र स्थानीय तीनै तहका सरकार विरुद्ध नारावाजि तथा विरोध प्रदर्शन गर्दै मन्त्रालय घेराउ गर्न पुगेका आन्दोलनकारिहरुसँग भुमि व्यवस्था कृषि तथा सहकारि मन्त्रि बसन्त कुशवाहाले छलफल समेत गरेका थिए ।
छलफलका क्रममा मन्त्रि कुशवाहाले आन्दोलनकारिले राखेका ५ सुत्रिय मागहरु प्रदेश सरकारले पुरा गर्न नसकिने भनेपछि आन्दोनकारिहरु झन आक्रोसित भएका थिए ।
चुरे तथा वन जंगल संरक्षण अभियान र मधेस प्रदेश सरकारबिच विगतमा भएको ७ बुँदे सहमति कार्यान्वयन गर्न पहल गर्नुपर्ने, अवैध क्रसर उद्योगहरूको गतिविधि उपर तत्काल रोक लगाउनुपर्ने र दिलीप महतोलाई पर्यावरणीय शहीद घोषणा गर्नुपर्ने लगायतका मागहरू अभियानिहरुको रहेको छ ।
चुरे तथा वन जंगल संरक्षण अभियानका राष्ट्रिय संयोजक यादवले भूमी व्यवस्थाको अधिकार प्रदेश सरकारलाई हुँदाहँुदै मन्त्रिले प्रदेश सरकारले केही गर्न नसक्ने बताउनु निक्कमापन रहेको आरोप लगाए । निर्वाचनका क्रममा सुकुम्बासी तथा पीडित जनताका समस्या सामानध गरेर प्रदेशका मन्त्रिहरु जनतासँग मत माग्ने र सत्तामा पुग्दा ति समस्या समाधान आफुहरु गर्न नसक्ने भनेर पछिन खोजेको संयोजक यादवले आरोप लगाए ।
आफूहरूको माग सम्बोधन नभए आन्दोलनलाई अझ सशक्त बनाउने र दैनिक रुपमा चक्काजाम लगायतका कार्यहरु गर्ने उनले चेतावनि समेत दिए । प्रदर्शकारिहरुले आईतवारपनि स्थानिय भ्रमपुरा चोकमा आघा घण्टा चक्काजाम समेत गरेका थिए ।

सम्बन्धित खबर