LIVE
भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने | पर्साका विभिन्न स्थानको अतिक्रण हटाईदै, गण्डक नहर क्षेत्रमा सात सयभन्दा बढी संरचना हटाइयो | उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ |

काठमाडौं । साताको पहिलो कारोबार दिन पनि नेप्से परिसूचक २६ दशमलव ८५ अंक घटेर १ हजार ८८८ दशमलव २९ विन्दुमा झरेको छ ।यस दिन सेन्सेटिभ इन्डेक्स ५ दशमलव शून्य २ अंक घटेको छ । त्यस्तै फ्लोट इन्डेक्स १ दशमलव ९७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ९४ अंक घटेको हो । आज २५९ धितोपत्रको ३७ लाख ५४ हजार ३३४ कित्ता ३२ हजार १६८ पटकमा रू. १ अर्ब २८ करोड बराबरको शेयर कारोबार भएको छ । आजको कारोबारमा माया खोला हाइड्रोपावर र एशियन हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशतका दरले वृद्धि भएको छ । यी कम्पनी केही दिन अगाडि मात्रै धितोपत्रको दोस्रो बजारमा आएका हुन् ।

त्यस्तै आइतवार तीन लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । जीवन विकास लघुवित्त वित्तीय सस्था, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतका दरले घटेको छ ।पछिल्लो समय लघुवित्त कम्पनीहरूले प्रस्ताव गरेको आकर्षित लाभांशदर राष्ट्र बैंकले संशोधन गरेर स्वीकृत दिने गरेको छ । त्यसकारण पनि लघुवित्त कम्पनीको शेयर मूल्य ओरालो लागेको देखिन्छ ।

जीवन विकास लघुवित्तले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकले दोस्रो पटक संशोधन गरी १४ दशमलव २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७१ प्रतिशत नगद लाभांश वितरण गर्न स्वीकृति दिएको छ । कम्पनीले पहिलो पटक २६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ७ दशमलव १५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो ।
आइतवार मात्रै नेष्डो समृद्ध लघुवित्तले ५० प्रतिशत बोनस शेयर र २३ दशमलव ६८ प्रतिशत नगद लाभांश गरी कुल ७३ दशमलव ६८ प्रतिशत लाभांश घोषणा गर्दा पनि शेयर मूल्य ८ दशमलव ४४ प्रतिशत घटेर रू. २ हजार २३४ मा झरेको छ । लघुवित्त समूहको परिसूचक ३ दशमलव ८५ प्रतिशत घटेको छ । धमाधम लघुवित्त कम्पनीको लाभांश संशोधन भएर आउँदा यस समूहका अधिकांश कम्पनीका शेयर मूल्य घटेको छ ।

यस दिन सर्वाधिक शेयर खरीदविक्री हुनेमा हिमालयन डिष्टिलरीको रू. ८ करोड ६२ लाख बराबरको भएको छ । यस कम्पनीको शेयर मूल्य ५२ हप्ताको न्यून विन्दु नजीक आएको छ । सोही कारण पनि बढी कारोबारमा आएको देखिन्छ । त्यस्तै दोस्रोमा एनआईसी एशिया बैंकको रू. ७ करोड ९५ लाख बराबरको भएको हो ।आइतवार म्युचुअल फण्ड समूहको परिसूचक सबैभन्दा बढी ४ दशमलव ७७ प्रतिशत घटेको छ । नेप्से परिसूचक लगातार तीन दिनमा ६० दशमलव ७६ अंक घटेको छ । नेप्से परिसूचक तीन महीनायताकै न्यून विन्दुमा झरेको छ । गत पुस ७ गते नेप्से परिसूचक १ हजार ८६७ दशमलव २१ विन्दुमा रहेकोमा त्यसपछि चैत १२ गते १ हजार ८८८ दशमलव ३० विन्दुमा झरेको हो । यसरी हेर्दा बजारप्रति लगानीकर्ता निकै निरुत्साहित भएको देखिन्छ । बजारमा विस्तारै तरलता पनि सहज हुन थालेको छ भने ब्याजदर पनि घट्दो छ र पनि लगानीकर्ताहरू बजारमा सक्रिय रूपमा लागेका छैनन् ।

सम्बन्धित खबर