LIVE
भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने | पर्साका विभिन्न स्थानको अतिक्रण हटाईदै, गण्डक नहर क्षेत्रमा सात सयभन्दा बढी संरचना हटाइयो | उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ | सरकारी विज्ञापन नीतिविरुद्ध प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र | सरकारी विज्ञापन नीति विरुद्ध मधेशका मुख्यमन्त्री यादवलाई ज्ञापनपत्र |
  • काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले संक्रमणकालीन न्यायलाई थप लम्ब्याउने कार्य नगर्न आग्रह गरेका छन् ।आइतबार ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक’माथिको सैद्धान्तिक छलफलमा भाग लिंदै उनले यस्तो बताएका हुन् । ‘अब यसलाई बाधा पार्ने कुरा कतैबाट आउन हुँदैन । समाधान गरेर जाने हो’ उनले भने ।
१० वर्षे सशस्त्र युद्धसमेतको बलमा नेपालले धेरै उपलब्धिहरु प्राप्त गरेको र त्यसको रक्षा गर्नु आफूहरुको दायित्व भएको उनले बताए ।‘संघीयता, धर्मनिरपेक्षता, समावेशिता र गणतन्त्रसहितको संविधान ठूलो रगत बगाएर प्राप्त गरेको उपलब्धि हो । यो उपलब्धिको रक्षा गर्नु हाम्रो कर्तव्य हो’ पाण्डेले भनेका छन् ।

सम्बन्धित खबर