LIVE
८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप |

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ मिटरब्याज पीडितहरुलाई हरहालतमा न्याय दिइने बताएका छन् । मिटरब्याजीलाई कारबाही गर्ने र पीडितहरुलाई न्याय दिने सरकारको कबुल भएको उनले बताए ।मिटरब्याज पीडितहरुसँग भएको सम्झौताबारे संसदलाई आइतबार जानकारी गराएपछि सांसदहरुले उठाएको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले कानुन संशोधन गरेर मिटरब्याजलाई आर्थिक अपराध मान्ने र अधिकारसम्पन्न आयोगमार्फत छानबिन गरेर कारबाही गर्ने बताए ।

विगतमा बनेका कतिपय आयोगले काम नगरेको वा कतिपय आयोगको प्रतिवेदन कार्यान्वयन नभएको अवस्थामा आशंका हुनु स्वभाविक भएको बताए । तर सरकार पीडितहरुलाई न्याय दिन प्रतिवद्ध रहेको भन्दै उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘यो हाम्रो कबुल हो, हारहालतमा मिटरब्याज पीडितलाई न्याय दिइन्छ ।’अब बस्ने मन्त्रिपरिषद् बैठकले ऐन संशोधनका लागि विधेयक ल्याउने र संसदले पास गर्नासाथ आयोग बनाएर हरेक घटनाको अध्ययन गरेर कारबाही सिफारिस गर्ने बताए । कहिलेसम्म न्याय पाउँछन् भन्ने सांसदहरुको प्रश्नमा उनले भने, ‘म अहिले मिति चाहिँ भन्न सक्दिन । यति चाहिँ भन्छु वर्षौंवर्ष जाँदैन ।’
सरकारले ल्याउन लागेको ऐनमा आयोगलाई तीन महिनाको म्याद प्रस्ताव गरेको भन्दै पीडितहरुले कति छिटो न्याय पाउने भन्ने सांसदहरुमा पनि भर पर्ने बताए ।‘यहाँहरुले सहयोग गरेर छिट्टै ऐन पारित गरिदिनुहुन्छ । अर्को क्याबिनेटबाट आयोग बन्छ र त्यसले तुरुन्तै काम थाल्छ, कारबाही सिफारिस गर्छ’, उनले भने, ‘त्यसकारण कति छिटो हुन्छ भन्ने तपाई हाम्रो पनि जिम्मेवारी छ ।’सरकारको चाहना छिटो समस्या समाधान गरेर न्याय दिने भएको श्रेष्ठले बताए ।

सम्बन्धित खबर