LIVE
धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ | सेवाग्राहीमाथि हातपात गर्ने यातायात कार्यालय बाराका प्रमुख अर्चायको जिम्मेवारी खोस्यो | विभिन्न मुद्दामा फरार रहेका ११ जना एकै दिनमा पक्राउ | मधेश प्रदेश सरकारविरुद्ध विपक्षी दलहरु आक्रामक, बजेट संशोधनको माग | गौशालामा बजार ठेक्का विवाद चर्कियो, नगर प्रहरी पक्राउपछि नगरपालिका सेवा ठप्प | असई थमन विक हत्या प्रकरणमा दोषि ठहर भएका पुर्व साँसद महतो पक्राउ | मधेश प्रदेशमा दलहरु बीचको विवादले बजेटमाथिको छलफल अन्यौलमा | धान दिवसमा जलवायुमैत्री खेतीमा जोड |

जनकपुरधाम । सरकारले बालुवा गिट्टीमा लगाएको प्रतिबन्धका कारण करोडौं लागतका आयोजनाको गति रोकिएको छ । संघीय आयोजना कार्यान्वयन एकाइ जनकपुरधामले मधेश प्रदेशको धनुषा महोत्तरी र सर्लाहीका लागि आर्थिक वर्ष २०७९/८० मा १ अर्ब ५६ करोड ६९ लाख बजेट विनियोजन गरे पनि फागुनसम्म ३७ करोड २९ लाख रुपैयाँ मात्र खर्च भएको छ । यो कुल बजेटको ३६ प्रतिशत हाराहारी हो ।

सरकारी भवन निर्माणका लागि ५ करोड ५० लाख बजेट रहे पनि ३२ लाख मात्र खर्च भएको एकाइका इन्जिनियर लक्ष्मण यादवको भनाइ छ । नयाँ शहर आयोजनाका लागि १३ करोड ५० लाख रुपैयाँ बजेट रहेकोमा ३ करोड ३२ लाख रुपयाँ मात्र खर्च भएको छ ।

सघन सहरी विकास कार्यक्रमअन्तर्गतका आयोजनाको बजेट ९४ करोड ७४ लाख रहेकोमा ३० करोड ३९ लाख रुपैयाँ मात्र खर्च भएको छ । वस्ती विकास कार्यक्रमको २६ करोड ५० लाख रुपैयाँ बजेटमा ८० लाख खर्च भएको छ । एकीकृत स्वास्थ्य कार्यक्रमअन्र्तगत १४ करोड १० लाख बजेट रहेकोमा २ करोड ४५ लाख रुपैयाँ खर्च भएको यादवको भनाइ छ ।

उनका अनुसार आम चुनाव र बालुवा गिट्टीमा लागेको प्रतिबन्धका कारण आयोजनाहरुले गति लिन नसकेका हुन् । ९० प्रतिशत आयोजनाको ठेक्का सम्झौता भएर काम शुरू भएको उनको भनाइ छ । बाँकी १० प्रतिशत आयोजनाको टेन्डर प्रक्रिया चलिरहेको उनले जानकारी दिए ।

सम्बन्धित खबर