LIVE
नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर |

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले सभामुखविरुद्ध महाअभियोग प्रस्ताव ल्याउन सक्ने बताएका छन् ।बिहीबार पार्टी निकट पेशागत महासंघको कार्यक्रममा उनले कुनै दिन सभामुखविरुद्ध पनि महाअभियोग ल्याउन बेर नलगाउने टिप्पणी गरेका हुन् ।राष्ट्रपतिज्यूलाई महाअभियोग लगाउन खोजेका थिए धेरै पल्ट, पार लागेन’‍ उनले भने, ‘अहिलेको सभामुखलाई कुन दिन ल्याउन बेर लगाउँदैनन् किनकि २५ प्रतिशतले पुगिहाल्छ, यिनीहरुसँग त बहुमत छँदैछ,  महाअभियोग ल्याउन पनि बेर लगाउँदैनन्, लाजशरम भन्ने छैन, के गर्न हुन्छ के गर्न हुन्न भन्ने कुनै सीमा छैन ।’

प्रतिनिधिसभामा २५ प्रतिशत सांसदले सभामुखले पद अनुसार आचरण नगरेको भनी प्रस्ताव पेश गर्न सकिने व्यवस्था प्रतिनिधिसभा नियमावलीमा छ । ओलीले सत्ता गठबन्धनले सभामुखविरुद्ध यही प्रस्ताव ल्याउन सक्ने आशंका गरेका हुन् ।अहिलेकै गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध पनि महाअभियोग प्रस्ताव ल्याएर सर्वोच्च अदालतलाई लामो समय नेतृत्वविहीन बनाएको ओलीले बताए । महाअभियोग प्रस्ताव संसदमा दर्ता गरेर ६ महिनासम्म दराजमा थन्क्याएर राखेको पनि उनले बताए ।

सम्बन्धित खबर