LIVE
मधेश प्रदेशका झण्डै ९१ प्रतिशत उम्मेदवारको जमानत जफत | सिराहामा कानुन व्यवसायीको फर्ममा विस्फोट | मधेशमा मुद्दा होइन, भरोसा बदलियो : किन कमजोर भए मधेशवादी दल र कसरी उदायो रास्वपा ? | महोत्तरीको सोनमा–२ मा भव्य महावीर झण्डा मेला सुरु, महिला कुस्तीदेखि सांस्कृतिक कार्यक्रमसम्म आकर्षण | अन्ततः धनुषा–१ मा नेकपा उम्मेदवार यादवलाई प्रमाणपत्र | घण्टीको दवावमा परिणाम घोषणा ढिलाइ भईरहेको मातृका यादवको आरोप | मधेशमा बहुआयामिक सुरक्षा चुनौती बीच विहिवार मतदान | धनुषा–महोत्तरी सीमामा शंकास्पद वस्तु विस्फोट, दुई बालबालिका घाइते | रास्वपाको उम्मेदवारी खारेजीले फेरिएको धनुषा–१ को समीकरण स् ुपरिवर्तनुको मत अब कसलाई ? | सर्लाहीमा मतदान अधिकृतको मतदान केन्द्रमै निधन |

जनकपुरधाम, ।गठबन्धनको सरकारले ल्याएको न्युनतम साझा कार्यक्रम प्रति तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)ले आपत्ति जनाएको छ ।शनिबार पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टीका केन्द्रीय अध्यक्ष वृषेशचन्द्र लालले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाएको ६ महिनाभित्र नागरिकता ऐन पारित गर्ने भनेकाले यसले नागरिकताको विषय अझै जालझेल, ढिलाई, अल्मलाईराख्ने र विवादस्पद बनाई राख्ने षडयन्त्र रहिरहेको आरोप लगाए ।

‘दुई दुई पटक सदनबाट पारित भएर प्रमाणिकरणका लागि तत्कालिन राष्ट्रपतिकहाँ गएपनि प्रमाणिकरण गर्ने संवैधानिक व्यवस्था रहेपनि त्यसलाई प्रमाणिकरण गरिएन् । त्यसलाई अहिले प्रमाणिकरण गर्नुको ठाउँमा सरकार मौन रही तत्कालिन तत्कालिन राष्ट्रपतिबाट संविधानको घोर उल्लघंनप्रति स्वीकारोक्ति दिनु लोकतन्त्र र विधिको शासनमाथि ठूलो प्रहार हो’, अध्यक्ष लालले भने ।

अहिलेको सरकारले राष्ट्रपतिलाई शक्तिको स्रोत र संविधानभन्दा माथिको स्थान दिँदै लैजाने घातक परम्पराको थालनी गर्न लागेकाले लोकतन्त्र विरुद्धको यस्तो गम्भीर क्रियाकलापप्रति सजग हुन संघीय संसद, लाकतन्त्रप्रति सजग समुह र विज्ञ बौद्धिक समुदायलाई ध्यानाकर्षण गराए ।

 

सम्बन्धित खबर