LIVE
धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ | सेवाग्राहीमाथि हातपात गर्ने यातायात कार्यालय बाराका प्रमुख अर्चायको जिम्मेवारी खोस्यो | विभिन्न मुद्दामा फरार रहेका ११ जना एकै दिनमा पक्राउ | मधेश प्रदेश सरकारविरुद्ध विपक्षी दलहरु आक्रामक, बजेट संशोधनको माग | गौशालामा बजार ठेक्का विवाद चर्कियो, नगर प्रहरी पक्राउपछि नगरपालिका सेवा ठप्प | असई थमन विक हत्या प्रकरणमा दोषि ठहर भएका पुर्व साँसद महतो पक्राउ | मधेश प्रदेशमा दलहरु बीचको विवादले बजेटमाथिको छलफल अन्यौलमा | धान दिवसमा जलवायुमैत्री खेतीमा जोड |

जनकपुरधाम । मधेश प्रदेश ट्राफिक प्रहरीले बितेका ८ महीनामा २ लाख ५ हजार ५१५ सवारीसाधनलाई कारबाही गरेको छ । चालू आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा उक्त कारबाहीबाट रू. १५ करोड ५७ लाख २६ हजार जरीवाना असुल गरिएको मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक मनोजकुमार यादवले जानकारी दिए ।

प्रहरीका अनुसार बारामा ३४ हजार ३०० सवारीसाधन कारबाहीमा परेका छन्, जसबाट रू. ३ करोड १३ लाख ७८ हजार ५०० राजस्व असुली भएको छ । त्यस्तै, सिरहामा ३७ हजार ५८४ सवारीसाधनलाई कारबाही गर्दा रू. २ करोड ४३ लाख ९२ हजार ५०० राजस्व संकलन भएको छ । सप्तरीमा २३ हजार ५५० सवारीसाधनको कारबाहीबाट रू. १ करोड ५० लाख ३८ हजार र धनुषामा २० हजार ८३६ सवारीसाधनलाई कारबाही गर्दा रू. १ करोड ४३ लाख ३७ हजार ५०० राजस्व संकलन भएको छ ।

त्यस्तै महोत्तरीमा २४ हजार ३ सय सवारीसाधनको कारबाहीबाट रू. १ करोड ८४ लाख ५८ हजार ५००, सर्लाहीमा २० हजार ४०० सवारीसाधनको कारबाहीबाट रू. १ करोड ४९ लाख २६ हजार, रौतहटमा २३ हजार ३ सय ४४ सवारीसाधनको कारबाहीबाट रू. १ करोड ८२ लाख ८२ हजार ५०० र पर्सामा २१ हजार २०० सवारीसाधनलाई कारबाही गर्दा रू. १ करोड ८९ लाख १२ हजार ५०० राजस्व संकलन भएको वरिष्ठ प्रहरी उपरीक्षक यादवले जानकारी दिए ।

सम्बन्धित खबर