LIVE
भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने | पर्साका विभिन्न स्थानको अतिक्रण हटाईदै, गण्डक नहर क्षेत्रमा सात सयभन्दा बढी संरचना हटाइयो | उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ | सरकारी विज्ञापन नीतिविरुद्ध प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र | सरकारी विज्ञापन नीति विरुद्ध मधेशका मुख्यमन्त्री यादवलाई ज्ञापनपत्र |

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले एक जना मन्त्री र एक जना राज्यमन्त्री मन्त्रीमण्डलमा थपेका हुन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथग्रहण गराए । राज्यमन्त्रीलाई प्रधानमन्त्री प्रचण्डले शपथ गराए ।

कांग्रेसका नारायणप्रकाश साउद ९एनपी०ले परराष्ट्रमन्त्रीको शपथ लिएका हुन् । यस्तै, नेकपा एकीकृत समाजवादीकी नन्दा चपाईले राज्यमन्त्रीको शपथ लिइन् । उनलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

 

१० पुसमा प्रधानमन्त्री बनेका प्रचण्डले आइतबार आठौंपटक मन्त्रिपरिषद् विस्तार गर्दा पनि मन्त्रिपरिषद्ले अझै पूर्णता पाएको छैन । प्रधानमन्त्रीले अझै आफूसँग पाँचवटा मन्त्रालयको जिम्मेवारी राखेका छन् ।

सम्बन्धित खबर