LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । महालेखापरीक्षक कार्यालयको कार्यालयले आर्थिक वर्ष २०७८÷७९ को पाँचौ वार्षिक प्रतिवेदन मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रलाई हस्तान्तरण गरेको छ ।
नेपालको संविधानको धारा २४१ बमोजिम महालेखापरीक्षकको कार्यालयले प्रदेशको लेखापरीक्षण गरी संविधानको धारा २९४ को उपधारा (३) अनुसार पाँचौ वार्षिक प्रतिवेदन प्रदेश प्रमुख मिश्रलाई बुझाएको हो । महालेखापरीक्षकको कार्यालयले बुझाएको प्रतिवेदनमा मधेस प्रदेशको बेरुजू २.६९ प्रतिशत रहेको छ । मधेश प्रदेशका १४८ कार्यालय÷संस्थाको ४३ अर्ब १० करोड ४३ लाखको लेखापरीक्षण गरिएकोमा १ अर्ब १६ करोड ३३ लाख बेरुजु पाईएको प्रतिवेदनमा उल्लेख छ ।
महालेखापरीक्षकको प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख मिश्रले मुख्यमन्त्रीमार्फत प्रदेशसभा तथा समितिमा बुझाइ बेरुजु घटाउने सम्बन्धमा आवश्यक छलफल हुने विश्वास व्यक्त गरे ।
नायव महालेखापरीक्षक रवीन्द्र प्रसाद देवकोटाले प्रदेशको वित्तीय प्रशासन र आर्थिक अनुशासनलाई सवल बनाउन अनुगमन, मूल्याङकन, जिम्मेवारी तथा जवाफदेहिता पालना गर्ने व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।

 

सम्बन्धित खबर