LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

काठमाडौं । देशकै जेठो वीर अस्पतालको दक्षिणतर्फको भवनको दोस्रो तलामा उक्लनेबित्तिकै दाहिनेतर्फ ‘भीआइपी/भीभीआईपी क्याबिन’ पुगिन्छ ।राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायत संवैधानिक अंगका प्रमुखलाई उपलब्ध हुने भीभीआईपी क्याबिनमा बेड साइड मनिटर, सेन्ट्रल अक्सिजन पाइपलाइन, सक्सन, भेन्टिलेटर, सिटी स्क्यान, एमआरआई, डिफिब्रिलेटर लगायत आपतकालीन उपचारका उपकरण यहाँ छन् । उपचारका लागि विषेशज्ञसहित मेडिकल टिम र सफाइ कर्मचारीलाई पनि तयारी अवस्थामा राखिएको हुन्छ ।

अरु सुविधा पनि पाँच तारे होटलको जस्तै छ । भित्तामा वालपेपर टाँसिएको छ, सुविधाजनक बेड, सोफा, एयर कन्डिसन, एटेज बाथरुम, चित्ताकर्षक बत्ती र पर्दाहरू छन् । यसबाहेक आगन्तुकसँग भेटघाट गर्ने, परिवारका सदस्य सुत्ने छुट्टै सुविधाजनक ठाउँ र भान्साकोठा पनि छ ।२०३५ सालदेखि सञ्चालनमा आएको यो भीभीआईपी कक्षमा २०४६ सालयता कोही भर्ना भएका छैनन् । भीआईपी कक्षमा यदाकता नेताहरु जाने गरेपनि बहुदल र लोकतन्त्रकालमा भीभीआईपी कक्षमा उच्च पदस्थहरुले उपचार लिएका छैनन् । कुनै समय राजपरिवारका सदस्यहरुले प्रयोग गर्ने यो भीभीआईपी क्याबिन जस्तै कक्षको भित्तामा झुन्डाइएको भित्ते घडी पनि बर्षौंदेखि बन्द छ ।
धुलोबाट जोगाउन प्लास्टिकले छोपिएका उपकरण तथा बेड सात–सात दिनमा पुछपाछ गरिन्छ । भीभीआईपी कक्षकी नसिङ इञ्चार्ज सीता घिमिरे गुणस्तरीय तथा सुविधायुक्त उपचार कक्ष प्रयोग गर्न नचाहनुको कारण अहिलेसम्म बुझ्न नसकिएको बताउँछिन् ।
वीर अस्पतालको भीभीआईपी कक्षमा रहेको बैठक कोठा ।उनले बुझ्न नसकेको हो वा नचाहेको हो तर कुरा सिधा छ– भीभीआईपीहरु बिरामी परेका बेला उपचार गर्न वीर अस्पतालको साटो विदेशतिर जान्छन् । यसले एकातिर वीरमा गरिएको लगानी व्यर्थ भइरहेको छ भने अर्कातिर त्यही सेवाका लागि राज्यकोषबाट वर्षेनी करोडौं रूपैयाँ विदेशिरहेको छ ।
नेपालमा उपचार सम्भव नभएको अवस्थामा विदेश जानुलाई अन्यथा भन्न मिल्दैन । तर, नेपालकै अस्पतालमा उपचार हुने रोगको लागि पनि विदेश जाने क्रम बढिरहेको छ । पछिल्लो उदाहरण हुन राष्ट्रपति रामचन्द्र पौडेल ।

सम्बन्धित खबर