LIVE
एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकारको कसरत | आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन |

जनकपुरमा आज जानकी नवमी अर्थात् जानकी जन्म महोत्सव मनाइँदैछ । आदर्श नारी सीताको आजकै दिन मिथिलामा जन्म भएको धार्मिक मान्यता अनुसार प्रत्येक वर्ष जानकी नवमी मनाउँने गरिन्छ ।जानकी नवमीको अवसरमा आज बिहानैदेखि जानकी मन्दिर , राम मन्दिर र जनक मन्दिर गायतको मन्दिरहरुमा पूजाआजा गर्ने श्रद्धालुहरुको भीड लागेको छ ।

सीताको जन्मोत्सवमा सहभागि हुन एवं पुजापाठ गर्न नेपाल तथा भारतका विभिन्न स्थानबाट श्रद्धालु भक्तजन एवं पर्यटकहरु जनकपुर आएका छन् । जानकी मन्दिरले जानकी नवमीको अवसरमा केही औपचारिक धार्मिक कार्यक्रम समेत आयोजन गरेको छ ।जानकी नवमीको अवसरमा विभिन्न कार्यक्रम आयोजन गरिएको छ । जानकी मन्दिर व्यवस्थापन पक्षका अनुसार आज बिहानै दुधमती नदीमा स्नान, १० बजेदेखि मन्दिरमा बधाइगान, १२ बजे प्राकट्य उत्सव, साँझमा जानकी डोला यात्रा, रातिमा तिल्कोत्सव र पुनः बधाई गानको कार्यक्रम रहेको छ ।

 

सम्बन्धित खबर