LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले मिटर ब्याज सामन्तवादी शोसनको नमुना रहेकाले जडै देखि उखेलेर फाल्ने बताएका छन् । जनकपुरधाममा मिटर ब्याजको समस्या समाधानका लागि नेपाल सरकारले स्थापना गरेको अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको केन्द्रिय कार्यालय जनकपुरधाममा समुदघाटन गर्दै गृहमन्त्री श्रेष्ठले जनकपुरधाममा सुरु भएको आयोगको कार्यालयलाई समान्य रुपमा नलिन समेत सबैलाई आग्रह गर्दै मिटर ब्याज सम्बन्धी थप अनुसन्धान र छानविन हुने बताएका छन् ।

उनले छिट्टै ऐन संसोधनका लागि संसदमा जाने र ढिलाई भए विकल्पका बारेमा पनि छलफल भइरहेको उनले बताए । गृहमन्त्री श्रेष्ठले घरजग्गा पास गरि पैसा लिएदिएको सन्दर्भमा त्यस्ता सम्पतीनै खारेज गर्ने, अनुचित ब्याज लिएको पाइएमा पैसा नै फिर्ता गर्नुपर्ने सम्मको कानुन ल्याउन लागेको समेत बताए ।

श्रेष्ठले हरेक जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुो संयोजकत्वमा एक समिति बनाएर आयोग संगको समन्वयमा समस्या समाधानका लागि पहल भइरहेको बताए । कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव, शिक्षा मन्त्री महेश यादव, आयोगका अध्यक्ष गौरी बहादुर कार्की, सदस्यहरु गणेशबाबु अर्याल र उत्तमराज सुवेदी सहितको उपस्थिती थियो । गृहमन्त्री श्रेष्ठ आजै जनकपुरधाममा आयोजना हुने प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा सहभागि हुनेछ ।

सम्बन्धित खबर