LIVE
भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने | पर्साका विभिन्न स्थानको अतिक्रण हटाईदै, गण्डक नहर क्षेत्रमा सात सयभन्दा बढी संरचना हटाइयो | उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ |

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न आफूहरु अहिलेकै गठबन्धनको निरन्तरताको पक्षमा रहेको बताए ।सरकार परिवर्तन गर्ने हल्ला चलाएर कसैको पनि हित नहुने भन्दै उनले गठबन्धनमा केही गल्ती भए सच्याएर अघि बढ्नुपर्ने तर स्थिरता कायम गर्नुपर्ने बताए ।

रफ्त सञ्चार क्लवले शनिबार भक्तपुरमा गरेको एक कार्यक्रममा उनले भने, ‘दिनैपिच्छे सरकार परिवर्तन हुने हल्ला चलाएर कसैको हित हुँदैन । र, दिनैपिच्छे सरकार परिवर्तन गरिराख्नु पनि गलत हो । गल्ती कहाँ छ त्यहाँ सच्याएर अघि बढने बेला हो ।’मुलुकलाई सम्भावित संकटबाट जोगाउने जिम्मा अहिलेको सत्ता गठबन्धनको हो भन्दै उनले त्यसका लागि सरकार स्थिर रहन आवश्यक भएको बताए ।
‘सरकार स्थिर भएर काम गर्नुपर्छ । र, जनतालाई डेलिभरि दिनुपर्छ । अब पहिलाको जस्तो भनेर मात्रै हुँदैन, गरेरै देखाउनुपर्छ । र, मुलुकलाई सम्भावित संकटबाट जोगाउने महत्वपूर्ण अभिभारा अहिलेको सरकारको रहेको छ । त्यसैले हाम्रो राय पनि सरकारको स्थिरता, राजनीतिक स्थिरता आवश्यक हो’ अध्यक्ष यादवले भने ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिए पनि सरकारसँग पर्याप्त बहुमत रहेको बताए । यादवले भने, ‘सरकार राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिदैमा सरकारलाई संख्यात्मक हिसावले खासै फरक पर्दैन । अहिले पनि कम्फरटेबल मेजरिटीको सरकार छ । ५ दलीय गठबन्धनको सरकार हो । र, गठबन्धनसँग पर्याप्त मत छ । संख्या छ ।’

सम्बन्धित खबर