LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

जनकपुरधाम । ५८ वर्षिया चानो पासवान लामो समयदेखि दिर्ध रोगी थिईन । उनी आर्थिक अभावको कारण आफ्नो उपचार गराउन सकिनन् । तर उनको लागि मठिहानि नगरपालिकामा आयोजित निःशुल्क स्वास्थ्य शिविर भगवान भएर आएपछि उनको उपचार सहज भएको छ । उनी जस्तै सो शिविरमा उपचार गराउन आएका करिव ६ सय गरिव विपन्न तथा असहायहरु उपचार गराई निःशुल्क औषधी पाएपछि यि विरामीहरुमा जीउने आश पलाएर आएको छ । त्यस्तै, ९० वर्षिया चाँदनी देवी पनि रोगबाट ग्रस्ति भएपछि बाँच्ने आश छोडि सकेका थिए । तर शिविरबाट चाँज गराई निःशुल्क औषधी पाएपछि बाँच्ने आश पलाएर आएको बताईन ।


ग्रामिण तथा अति दुर्गम गाउँमा मानिसहरु विरामी हुदाँ आर्थिक अभावको कारण उपचारबाट वञ्चित हुदै आईरहेको वेला जनकपुरधामका सबनम मेडिकल एण्ड पोलिक्लिनिक प्रा.लिले अति विपन्न गरिव तथा असहायलाई घरदैलोमै पुगेर निःशुल्क स्वास्थ्य आज निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरि स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।
महोत्तरिको मठिहानि स्थित श्री राम मावि विद्यालयको प्राङ्गमा शिविरको आयोजक सबनम मेडिकल एण्ड पोलिक्लिनि प्रा.लि जनकपुरले गरेको थियो । ग्रामिण क्षेत्रमा लुकेर बसेका गम्भिर रोगका रोगि तथा दिर्घ रोगिहरुले निःशुल्क सेवा पाउनुका साथै विभिन्न रोगका औषधीहरु निःशुल्क पाएका छन् । सो शिविरबाट करिव ५ सय ७० जना रोगिहरुले स्वास्थ्य परीक्षण गराई लभान्वित भएका छन्् । सो शिविरमा प्रादेशिक अस्पताल जनकपुरधाममा कार्यरत विशेष फिजिसिएन डा.मोहम्मद अली अकबर राईन, डा.राजेन्द्र यादव र डा.दिपक चौधरी लगायतका चिकित्सक तथा स्वास्थ्यकमीहरुले सेवा प्रदान गरेका थिए ।


गाउँगाउँमा लुकेर बसेका रोगिहरुको निःशुल्क उपचार गर्न घरदैलो शिविर निरन्तता दिने सबनम मेडिकल एण्ड पोलिक्लिनि प्रा.लि जनकपुरका संचालक तमन्ने राईनले जानकारि दिए । शिविरमा मधुमेह, दम्मा, थाईराड, लिभर, ग्यासट्रि, टिभि सहितका विरामीहरुले स्वास्थ्य लाभ लिएको उनले बताए । उनीहरुलाई विभिन्न स्वास्थ्य जाँच गरि औषधीहरु समेत निःशुल्क दिएको उनले बताए ।
सो शिविरको उद्घाटन गर्दै मठिहानि नगरपालिका मेयर हरि मण्डलले यस्ता कार्यक्रमले ग्रामिण क्षेत्रका विपन्न तथा असहायहरुले निःशुल्क सेवा पाउने भएकाले आयोजक संस्थालाई धन्यवाद दिए ।
प्रत्येक शनिवार गरिव विपन्न तथा सर्वसधारणलाई निःशुल्क स्वास्थ्य सेवा दिदै आएका डा.मोहम्मद अली अकबर राईनले भने,‘ आर्थिक अभाव तथा जन चेतनाको अभावले विभिन्न रोगबाट ग्रसित भएपनि लामो समय उपचार गराउन नसकिरहेकाहरुलाई सेवा दिने उदेश्यले यो शिविर संचालन गरेका छौ । शिविरमा रोगको पहिचान भएपछि थप उपचार गराउन उनीहरुलाई मद्दत पुग्ने छ ।’
स्थानीय युवा मुशाहिद हुसेनले यस्ता शिविरले गरिव विपन्नहरुको लागि बरदान सावित हुने भएको बताए ।

सम्बन्धित खबर