LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

जनकपुरधाम। जनकपुरधाममा राति १२ बजेसम्म व्यापार व्यवसाय सञ्चालनका लागि सुरक्षा व्यवस्था मिलाइदिन जनकपुरधाम उद्योग वाणिज्य संघले स्थानीय प्रशासनसँग माग गरेको छ ।

शुक्रबार धनुषाका प्रमुख जिल्ला अधिकारी कशीराज दाहाललाई ज्ञापन पत्र बुझाउदै संघका पदाधिकारीहरुले जनकपुरधाम उपमहानगरपालिकाको नगर क्षेत्रमा राति १२ बजेसम्म व्यापार व्यवसाय सञ्चालनका लागि सुरक्षा व्यवस्था मिलाइदिन माग गरेका हुन् ।

ज्ञापन पत्रमा खुल्ला सिमाका कारण नेपालमा भारतीय पर्यटकहरुको आवागमन बढिरहेको र बोर्डरमा राति १० बजेसम्म भारतीय पर्यटकहरु नेपाल प्रवेश गर्न सक्ने भएकाले जनकपुरधाम नगर क्षेत्रमा राति १२ बजेसम्म पर्यटकका लागि आवश्यक पर्ने होटल, रेष्टुरेन्ट, किराना पसल, फलफुल, फाष्टफुड सहितका पसलहरु खोल्नका लागि सुरक्षाको प्रवन्ध मिलाइदिन माग गरिएको छ ।

पर्यटकहरु राति १० बजेको समयमा जनकपुरधाम आउँदा बस्ने र खाने होटलहरु बन्द हुने गरेकाले समस्या भइरहेकोले संघले यस्तो माग गरेको संघका अध्यक्ष जितेन्द्र महासेठले बताए ।

उनले जनकपुरधाम धार्मिक पर्यटनको केन्द्र रहेकाले पर्यटक नै असुरक्षित र असन्तुष्ट भए व्यापार घाटा हुने भएकाले सुरक्षा प्रवन्धको मागसहित ज्ञापन पत्र बुझाइएको जानकारी दिए ।

ज्ञापन पत्र बुझाउन संघका वरिष्ठ उपाध्यक्ष मनिष रमण साह, उपाध्यक्ष अम्भु प्रसाद साह, सचिव फुलदेव पण्डित, कोषाध्यक्ष परमेश्वर साहसहितका पदाधिकारी तथा सदस्यहरु जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

सम्बन्धित खबर