LIVE
नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर |

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणले संसद् तातेको छ । प्रतिनिधिसभाको बजेट अधिवेशनअन्तर्गतको सोमवार (आज)को बैठकमा बोल्दै सांसदहरूले दोषीलाई कारबाहीदेखि घटनाको छानबिनको प्रगतिबारे सार्वजनिक गर्न माग गरेका छन् । बैठकमा बोल्दै नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले दोषीलाई कारबाहीको माग गरे ।

नेकपा एमाले सांसद ठाकुर गैरेले भने नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिनको विषयमा सदनमा जारी दिन माग गरे । ‘यस्तो जघन्य अपराधमा विषयमा आजसम्म सरकारले यो सार्वभौम संसद्‌मा यति छानबिन भएको छ, यति प्रगति भएको छ नेपाल सरकारलाई भन्न के कारणले समस्या भइरहेको छ,’ गैरेले भने ।

‘आज भ्रष्टाचारविरुद्ध देश आन्दोलित छ । अन्तर्राष्ट्रिय समुदायको ध्यानाकृष्ट भएको छ । यसको अनुसन्धानमा ढिला सुस्ती केही आलटाल किन भइरहेको छ । यसमा निष्पक्ष छानबिनको विषयमा जनतालाई विश्वास छैन ।’   उनले सरकारलाई संसद्‌मा छानबिनसहितको विषयमा जानकारी गराउन रुलिङको मागसमेत गरे ।

बैठकमा बोल्ने अरु सांसदहरूले पनि छानबिनको विषयबारे सार्वजनिक गर्न माग गरे । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डेसहित १३ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ ।

सम्बन्धित खबर