LIVE
नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर |

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताएका छन् ।
आईतवार जनकपुरधाममा प्रेस मंचले आयोजना गरेको सम्मान तथा अभिन्नदन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले जनताको संघर्ष र मधेशी शहिदहरुको बलिदानले प्राप्त भएको संघियतालाई संस्थागत गर्दै प्रदेशका संचरनालाई बलियो र अधिकार सम्पन्न बनाउनु पर्ने बताए । अहिले सम्म प्रदेशलाई कुनै अधिकार दिईएको छैन, अध्यक्ष यादवले भने,‘ प्रदेशसँग न प्रहरी छ, न प्रशासन छ, न त कुनै आर्थिक श्रोत छ । कुनै अपराधिलाई समाप्त सक्दैन, समातेपनि त्यसलाई अदालत सम्म पुर्याउन सक्दैन, यस्तो कहि सरकार हुन्छ ? त्यसकारण यि अवस्थाको अन्त्य गर्नुपर्छ ।’
अधिकार,आर्थिक स्रोतलाई कटौति गर्दै विस्तारै प्रदेशलाई कमजोर बनाउने षडयन्त्र भईरहेको उल्लेख गर्दै उनले भने,‘ संघियता विरोध तत्व प्रदेशलाई विस्तारै कमजोर गर्दै यसलाई बदमान गर्ने कार्यमा लागेका छन् ।’ ‘संसदमा संघीय निजामति ऐन, कर्मचारी समायोजन, प्रदेश प्रहरी गठन र आर्थिक स्रोत साधनमा प्रदेशको अधिकार बारे आवाज उठाउनु पर्ने अहिलेको आवश्यकता रहेको अध्यक्ष यादवले बताए ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्ने र फेरि मुलुकलाई पछाडि धकेल्ने भरपुर प्रयासहरु भइरहेको पनि जसपा संघिता र गणतन्त्रबाछ एक कदम पनि पछि नहटने अध्यक्ष यादवले बताए । संघियता समाप्त गर्न केहि मधेशका शक्तिहरु समेत परिचालित भएको उनले टिप्पणी गरे ।
राष्ट्रवादको ठूलो ठूलो नारा दिने, दौरा, सुरुवाल र टोपी लगाएर मधेशीलाई गाली गर्दै नक्कली राष्ट्रवादीको नारा दिनेहरुले अहिले आफ्नै देशको नागरिकलाई भुटानी बनाएर उसको पनि व्यापार सुरु गरेको उनले टिप्ण्णी गरे ।
विगतको गलत नीति र गलत योजनाका कारण देश अहिले आर्थिक संकट फस्दै गइरहेको बताउँदै उनले नेपालमा उपलब्ध स्रोत साधनलाई उत्पादनमुखि बनाएर अगाडि बढे गरिबी र बेरोजगारी अन्त्य हुने उनले दावि गरे ।

सम्बन्धित खबर