LIVE
धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ | सेवाग्राहीमाथि हातपात गर्ने यातायात कार्यालय बाराका प्रमुख अर्चायको जिम्मेवारी खोस्यो | विभिन्न मुद्दामा फरार रहेका ११ जना एकै दिनमा पक्राउ | मधेश प्रदेश सरकारविरुद्ध विपक्षी दलहरु आक्रामक, बजेट संशोधनको माग | गौशालामा बजार ठेक्का विवाद चर्कियो, नगर प्रहरी पक्राउपछि नगरपालिका सेवा ठप्प | असई थमन विक हत्या प्रकरणमा दोषि ठहर भएका पुर्व साँसद महतो पक्राउ | मधेश प्रदेशमा दलहरु बीचको विवादले बजेटमाथिको छलफल अन्यौलमा | धान दिवसमा जलवायुमैत्री खेतीमा जोड |

काठमाडौं । सरकारले शेयर तथा ऋण लगानी गरेका ४४ ओटा सार्वजनिक संस्थानमध्ये २५ ओटा संस्थान मात्र नाफामा रहेको अर्थमन्त्री डा/ प्रशाशरण महतले बताएका छन् ।
सरकारले गत असार मसान्तसम्म सबै संस्थानमा गरेर ६ खर्ब १८ अर्ब रुपैयाँ शेयर तथा ऋण लगानी पुगेको छ । सरकारले यो अवधिमा गरेको लगानीको ६ अर्ब १६ करोड रुपैयाँ लाभांश प्राप्त गरेको छ । जुन लगानीको १ प्रतिशत बराबर मात्रै हो ।

महतले सार्वजनिक संस्थानको सञ्चालन र व्यवस्थापनमै समस्या देखिएको जिकिर गरेका छन् ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८० प्रतिनिधिसभा र राष्ट्रियसभाका छुट्टाछुट्टै बैठकमा पेस गर्दै उक्त तथ्याङ्क प्रस्तुत गरेका हुन् ।

“विगतमा सार्वजनिक संस्थानले मुलुकको आर्थिक सामाजिक तथा पूर्वाधार विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भए पनि समयक्रममा खासगरी सञ्चालन एवम् व्यवस्थापनमा देखा परेका कमि कमजोरीका कारण समग्र वित्तीय स्थिति सन्तोषजनक नरहेको अवस्था छ”, अर्थमन्त्री महतले भने ।

सम्बन्धित खबर