LIVE
धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ | सेवाग्राहीमाथि हातपात गर्ने यातायात कार्यालय बाराका प्रमुख अर्चायको जिम्मेवारी खोस्यो | विभिन्न मुद्दामा फरार रहेका ११ जना एकै दिनमा पक्राउ | मधेश प्रदेश सरकारविरुद्ध विपक्षी दलहरु आक्रामक, बजेट संशोधनको माग | गौशालामा बजार ठेक्का विवाद चर्कियो, नगर प्रहरी पक्राउपछि नगरपालिका सेवा ठप्प | असई थमन विक हत्या प्रकरणमा दोषि ठहर भएका पुर्व साँसद महतो पक्राउ | मधेश प्रदेशमा दलहरु बीचको विवादले बजेटमाथिको छलफल अन्यौलमा | धान दिवसमा जलवायुमैत्री खेतीमा जोड |

काठमाडौँ,  ।सर्वोच्च अदालतले माओवादी युद्धका अगुवा नेताहरु पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईलाई युद्ध अपराधमा कारहीबाको माग गर्दै लेनिन बिष्टसहित ९ जनाले दिएको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ।न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले प्रचण्ड र भट्टराईलाई युद्ध अपराधमा कारबाहीको माग गर्दै लेनिन बिष्टसहित ९ जनाले दिएको रिट निवेदन दर्ता गर्न आदेश दिएको हो।

युद्ध अपराधमा दाहाल र भट्टराईलाई कारबाही गर्न माग गर्दै लेनिन बिष्टसहित ९ जनाले दिएको रिट निवेदन सर्वोच्च अदालत प्रशासनले दरपीठ गरेको थियो।रिट निवेदनमा भनिएको छ, ‘अमानवीय ढंगले युद्ध अपराध गरी हामीलाई बालसेनाको रुपमा प्रयोग गर्ने तत्कालीन माओवादी विद्रोह कालका नेताद्वय पुष्पकमल दाहाल र डा. बाबुराम भट्टराई माथि आवश्यक अभियोजन प्रक्रियाको थालनी गर्न गराउनका लागि आवश्यक प्रक्रिया अघि बढाउनु त्यतिन्जेल सम्म निजहरुको विशेष गरी विपक्षी प्रधानमन्त्री माथि नैतिक प्रश्न उठ्ने भएकोले निज प्रधानमन्त्रीको पदीय हैसियत पनि निलम्बनमा राख्नु वा कायम नहुने गरी विपक्षीहरुका नाममा अन्तरिम आदेश जारी गरी पाऊँ।’

उनीहरुले बालसैनिकका रुपमा पहिचान भएका आफूहरु जस्ता २९२७ जनालाई ‘अयोग्य लडाकु’को मान्यता दिने निर्णयसमेत बदर गर्न माग गरेका छन्।निवेदकहरुले आफूहरुलाई प्रचण्ड र बाबुरामले ढाँटेर युद्धमा होमेर भविष्य बरबाद गरेको आरोप पनि लगाएका छन्।

सम्बन्धित खबर