LIVE
नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर |

जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपती प्रा.डा.रामकेवल साहको आज अन्तिम दाहसंस्कार गरिएको छ ।
जनकपुरधाम स्थित स्वर्गद्धारीमा डा.साहको पार्थिक शरिरको दाहसंस्कार गरिएको हो । उनका जेठा छोरा धिरज साहले उनलाई दागबत्ति दिएका हुन् । डा. साहको विहिवार भारतको दिल्ली स्थित एनसिआरमा पर्ने नारायण अस्पतालमा निधन भएको थियो । लिभरमा क्यान्सर भएकोले दुई महिनादेखि उनी भारतको दिल्लीमै उपचारर्थ थिए ।


शुक्रवार विहान डा.साहको पार्थिक शरिर जनकपुरधाम ल्याएको छ । डा.साहको पार्थिक शरिरिमा प्रतिष्ठानको झण्डा ओढाएर सम्मान गरिएको छ । डा. साहको पार्थिक शरिरमा माला अर्पण तथा श्रद्धाञ्जली दिन जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव, अर्थ मन्त्री संजय यादव, प्रदेशका मन्त्री स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र प्रसाद सिंह, मन्त्री सुरिता साह, माओवादी नेता मातृका प्रसाद यादव,जनकपुरधाम उपमहानगरपालिका मेयर मनोज कुमार साह, पुर्व मेयर लालकिशोर साहसहित श्रद्र्धाञ्जली अर्पण गर्दै मधेशले एक सच्चा सपुत्र र स्वास्थ्य तथा राजनीतिक चिन्तनका थिकट्याक गुमाएकोमा दुःख व्यक्त गरेका छन् ।


६९ वर्षिय डाक्टर साह करिव दुई दशक देखि मधेशको मुद्दा र मधेश आन्दोलनको पक्षमा थिंक टयांकका रुपमा काम गर्दै आएका थिए । तीन वर्ष अघि मधेश सरकारले उनलाई मधेशको स्वास्थ्य क्षेत्रको विकासका लागि मधेश सरकारको स्वास्थ्य सल्लाहकार हुदै प्रतिष्ठानको उपकुलपतीमा नियुक्त गरेका थिए । कोरोनामा कालमा उनी मधेश सरकारलाई निकै सघाएका थिए ।
ध्नुषाको सबैला नगरपालिका स्थायी घर भएका साह हाडजोर्णिका विशेषज्ञ चिकित्सक थिए । यता, साहको निधनको शोकमा प्रतिष्ठानले एक स्पताह झण्डा झुकाउने निर्णय गरेको प्रतिष्ठानका रजिस्टार बिनोद यादवले बताए । डा. साहको निधनले मधेशलाई मात्र नभई नेपाल नै ठुलो क्षति भएको उनले बताए ।

सम्बन्धित खबर