LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

जनकपुरधाम । आईएफके फुल कन्टेक्ट राष्ट्रिय कराते चम्पियनशिप क्युकोशिन कान कराते प्रतियोगितामा धनुषाले तीन वटा मेडल ल्याउन सफल भएको छ ।

केहि दिन अघि काठमाण्डौमा सम्पन्न उक्त प्रतियोगितामा तीन जना कराते खेलाडी मेडल ल्याएर धनुषा जिल्लाको मान बढाएको छ । प्रतियोगितामा जनकपुरधाम उपमहानगरपालिकाका – ५ का खेलाडी इरफान शेषले ५० किलो तौल समुहमा खेलमा प्रथम स्थान हासिल गरेको छ ।
त्यसैगरि, ५० किलो तौल समुहको खेलमा जनकपुरधामकै खेलाडी मोहम्मद अफताव खान दोस्रो र ५५ किलो तौल समुहको खेलमा जनकपुरधामकै खेलाडी साविर हुसेनले तेस्रो स्थान प्राप्त गरि मेडल जीतेको नेपाल क्युकोशिन कान करातेका वरिष्ठि प्रशिक्षक मोहम्मद असगर खाँले बताए । राष्ट्रिय स्तरको प्रतियोगितामा आफ्ना खेलाडीहरुले मेडल ल्याएर जनकपुरधामको मान बढाएको वरिष्ठ प्रशिक्षक खाँले बताए ।

सम्बन्धित खबर