LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

 

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई राजिना दिन मुख्यमन्त्रीको निवासमा पुगेकी उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादव गेटबाटै नै फर्कि छिन् । पार्टीको संसदीय दलको निर्णय अनुसार सोमवार साढे ५ बजे राजिना पत्र बुझाउन मुख्यमन्त्री यादवको निवसामा पुगे मन्त्री यादव रितै हात फर्केकी हुन् । गत जेष्ठ ९ गते नै नेकपा माओवादी केन्द्रका प्रदेशका संसदीय दलले सरकार छोडने निर्णय गरेको थियो ।
दलले निर्णय गरेपनि मन्त्रीहरुले राजिना पत्र बुझेका थिएन । सोमवार नै संसदीय दलका नेता भरत प्रसाद साहले राजिना पत्र बुझाउन निर्देशन दिएपछि मन्त्री यादवले राजिना पत्र लिएर मुख्यमन्त्री निवास पुगेकी थिईन । तर मुख्यमन्त्री यादव गृह जिल्ला बारामा रहेको र आज आउने नसक्ने भनेपछि उनी निवास फर्केकी थिईन ।
दलका नेता साहले पनि मुख्यमन्त्री यादव जनकपुर वाहिर रहेकोले भोलि विहान आफ्ना मन्त्रीले राजिनामा पत्र बुझाउने बताए । प्रदेश सरकारमा माओवादी केन्द्रबााट उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादव र राज्य मन्त्रीमा रहबर अन्सारी रहेका छन् । सहमति अनुसार मुख्यमन्त्रीले थप एक मन्त्रालय नदिएपछि माओवादी केन्द्र सरकार छोडन लागेको हो ।

सम्बन्धित खबर