LIVE
सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ | सेवाग्राहीमाथि हातपात गर्ने यातायात कार्यालय बाराका प्रमुख अर्चायको जिम्मेवारी खोस्यो | विभिन्न मुद्दामा फरार रहेका ११ जना एकै दिनमा पक्राउ | मधेश प्रदेश सरकारविरुद्ध विपक्षी दलहरु आक्रामक, बजेट संशोधनको माग | गौशालामा बजार ठेक्का विवाद चर्कियो, नगर प्रहरी पक्राउपछि नगरपालिका सेवा ठप्प | असई थमन विक हत्या प्रकरणमा दोषि ठहर भएका पुर्व साँसद महतो पक्राउ | मधेश प्रदेशमा दलहरु बीचको विवादले बजेटमाथिको छलफल अन्यौलमा | धान दिवसमा जलवायुमैत्री खेतीमा जोड | जानकी प्लास्टिक उद्योगमा छापा, छापापछि रातारात नक्कली पाइप गायब, सञ्चालिका फरार |

जनकपुरधाम । समृद्धिका लागि वन परियोजना कार्यक्रम अन्तर्गत धनुषाका लक्ष्मीनिया गाउँपालिकामा न्यायिक समितिलाई गुनासो निवारण संयन्त्रमा क्षमता विकास वातावरणीय तथा सामाजिक सुरक्षा सम्बन्धि अभिमुखिकरण गोष्ठी सम्पन्न भएको छ ।
स्थानीय पुष्पवाटिका एजुशेशनल एकेडमीमा लक्ष्मीनिया गाउँपालिकाको वन तथा वातावरण शाखले आयोजना गरेको उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष भोगेन्द्र मिश्रले वन जंगलको संरक्षणमा जोड दिदै वनले पनि आर्थिक सम्वृद्धिमा टेवा पुग्ने बताए । कार्यक्रममा प्रमुख अतिथि समेत अध्यक्ष मिश्रले खेता योग्य नरहेको जग्गामा वृक्षारोपण गरि आर्थिक आम्दनी लिन सक्ने बताए ।
कार्यक्रममा सहभागि रहेका मधेश प्रदेश वन निर्देशनालयका उपसचिव सुजित झाले वनको माध्यले जनताको जीवन स्तर उकास्न नेपालका तीनै तहका सरकारले सम्वृद्धिका लागि वन परियोजना संचालनमा रहेको छ । नेपाल सरकार र विश्व बैंकको बीचको सम्झौता अनुसार यो कार्यक्रममा संस्थागत विकास, संस्थागत सुशसान सहित विभिन्न ४ क्षेत्रमा काम हुने उनले बताए ।
लक्ष्मीनिया गाउँपालिका उपाध्यक्ष फुलकुमारी यादवको अध्यक्षतामा भएको कार्यक्रममा सो गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र प्रसाद यादव सहित गाउँपालिकाका ७ वटै वडामा कार्यपालिका सदस्यहरु तथा स्थानीय किसानहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर