LIVE
धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ | सेवाग्राहीमाथि हातपात गर्ने यातायात कार्यालय बाराका प्रमुख अर्चायको जिम्मेवारी खोस्यो | विभिन्न मुद्दामा फरार रहेका ११ जना एकै दिनमा पक्राउ | मधेश प्रदेश सरकारविरुद्ध विपक्षी दलहरु आक्रामक, बजेट संशोधनको माग | गौशालामा बजार ठेक्का विवाद चर्कियो, नगर प्रहरी पक्राउपछि नगरपालिका सेवा ठप्प | असई थमन विक हत्या प्रकरणमा दोषि ठहर भएका पुर्व साँसद महतो पक्राउ | मधेश प्रदेशमा दलहरु बीचको विवादले बजेटमाथिको छलफल अन्यौलमा | धान दिवसमा जलवायुमैत्री खेतीमा जोड |

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साहलाई स्पष्टीकरण सोधेको छ ।विमानस्थलको निषेधित क्षेत्रभित्र निर्माणाधीन भवनको निर्माण कार्य रोक्न निर्देशन दिएकोबारे उड्डयन प्राधिकरणले मेयरसँग स्पष्टीकरण माग गरेको हो ।काठमाडौं–९ मा रहेको जग्गामा बनाइरहेको कम्प्लेक्सको नक्सा पास नभएको भन्दै बिहीबार काठमाडौं महानगरको नगर प्रहरी पुगेको थियो ।  महानगरको टोलीले भवन बनाइरहेको क्षेत्रमा लगाइएको तारबार हटाएको थियो भने निर्माण रोक्न भनेको थियो ।

उड्डयन प्राधिकरणले भने निर्माण रोक्नुअघि महानगरले कुनै जानकारी नदिएको बताएको छ । साथै लिखित पत्र र आधिकारिक जानकारी माग गर्दा नगर प्रमुखको आदेश बमोजिमको काम भएर त्यहीँ गएर बुझ्नू भन्ने जवाफ पाएको भन्दै उड्डयन प्राधिकरणले  नेपाल नागरिक उड्डयन प्राधिकरण ऐनको दफा २५ (१) बमोजिम सजाय किन नगर्ने हो ? भन्दै बालेनलाई स्पष्टीकरण सोधेको छ ।यसअनुसार कारवाही भएमा मेयर बालेनलाई ५० हजारसम्म जरिबाना पर्नसक्छ ।

 

प्राधिकरणको निर्माणाधीन भवन ।

उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले गरेको निर्णयअनुसार स्पष्टीकरण पत्र प्राप्त भएको मितिले ७ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न बालेनलाई निर्देशन दिइएको छ । लिखित स्पष्टीकरण नदिए कानुन बमोजिम कारवाही गरिने पत्रमा उल्लेख छ ।

प्राधिकरणले महानगर नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे र वडा नम्बर ९ का वडाध्यक्ष रामजी भण्डारीलाई पनि स्पष्टीकरण सोधेको छ ।

हेर्नुहोस् स्पष्टीकरण पत्रहरूः

सम्बन्धित खबर