LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

काठमाडौं । बहुपक्षीय कर्जादाता निकाय विश्व बैंकले भारतका लागि २५ करोड ५५ लाख डलरको कर्जा पारित गरेको छ । प्राविधिक शिक्षाको स्तर उकास्न अनि विद्यार्थीका लागि जागिरको सम्भावना बढाउन सो कर्जा अनुमोदन गरिएको हो । यो रकम २७५ ओटा सरकारी प्राविधिक संस्थालाई आगामी ५ वर्षभित्र दिइनेछ । यसबाट वार्षिक साढे ३ लाखभन्दा धेरै विद्यार्थीहरू लाभान्वित हुने बताइएको छ ।

भारतमा माध्यमिक तह पूरा गरेपछिको तृतीय शिक्षा अर्थात् व्यावसायिक विद्यालय वा पोलिटेक्निक्स लगायतको पढाइ व्यापकरूपमा विस्तार भएको छ । सन् २०११–१२ मा देशका ४० हजार यस्ता कलेजमा २ करोड ९० लाख विद्यार्थीहरू आबद्ध भएकोमा सन् २०१९–२० मा यो संख्या बढेर ३ करोड ९० लाखमा पुगेको छ । भारतको तृतीय शिक्षा विश्वकै सबैभन्दा ठूलो हो ।

तर, यस्ता कलेजका विद्यार्थीहरूका प्राविधिक र गैरप्राविधिक क्षमतामा अन्तर बढ्दा समस्या उत्पन्न भएको छ । विश्व बैंकको यो कर्जा यस्ता कलेजमा पढ्ने विद्यार्थीलाई जागिर पाउन सक्ने सम्भावना बढाउन अनि शीप अभिवृद्धिमा सघाउनेछ । यो परियोजनाअन्तर्गत विद्यार्थीहरूले अपग्रेडेड पाठ्यपुस्तक पाउनेछन् । यसमा सञ्चारको क्षेत्रमा उदीयमान प्रविधि अनि जलवायु उत्थानशीलता समेत हुनेछ । एजेन्सी

सम्बन्धित खबर