LIVE
मत्तरीको सिमावर्ति क्षेत्रमा ६ हजार किलो स्याउसहित तीन सवारी नियन्त्रणमा | कमला नदीमा निर्माणाधीन पुल नजिकको डाइभर्सन फेरि बग्यो, आवतजावत अवरुद्ध | युवालाई दुव्र्यसनबाट जोगाउन मधेश प्रहरीद्वारा विशेष अभियान | सहमति पश्चात मृतकको शव बुझे परिवारजन | भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु |

जनकपुरधाम । मधेश प्रदेशका अर्थ मन्त्री संजय कुमार यादवले रमकान्तर तथा कमिशन लिई योजनाहरु बजेटमा सावेश गरेको भनेर सासदहरुले लगाएको आरोपमा प्रदेश सभाबाट १० सदस्य विशेष छानबिन समिति गठन गरिएको छ ।
अर्थ मन्त्री साहले स्थानीय तहहरुसँग मोटो कमिशन लिई सर्शत, समपुरक तथा विशेष बजेटमा पठाएको र कमिशन नदिने पालिकाहरुमा नठपाएको, अगामी आवाको बजेट सार्वजनिक भईसकेको अवस्थामा करोडौ रकम रकमान्तर गरेको तथा कमिशन लिई अगामी आवाको रेडबुकमा योजनाहरु सावेश गरेको लगायतका आरोप सासदहरुले लगाएको छ । सोही विषयमा प्रमुख प्रतिक्षि दल नेकपा एमाले छानबिनको माग गर्दै संसद अवरुद्ध गरेका थिए ।
मुख्यमन्त्री सरोज कुमार यादवले मंगलवार बसेको प्रदेश सभाको वैठकमा मन्त्री तथा कर्मचारिहरुबाट भएको आर्थिक चलखेल वा भष्टचारको छानबिन गरि दोषिलाई कारर्वाही गर्ने प्रतिवद्धता र छानिबिन समिति गठन गर्न सहमति गरेपछि विपक्षि दल एमालले प्रदेश सभाको वैठक सुचारु हुन दिएको थियो । अर्थमन्त्री यादवमाथि लागेको आरोपको छानिबिन गर्न प्रदेश सभाबाट १० सदस्य विशेष छानबिन समिति गठन गरिएको छ ।
समितिमा सासदहरु दिपेन्द्र ठाकुर, राजकुमार गुप्ता, उपेन्द्र महतो, बिमला अन्सारी, कनिश पटेल, जवाहर प्रसाद कुश्वाहा, उर्मिला देवि सिंह, कञ्चन भिक्षा, नागेद्र साह र शभ्मु प्रसाद साह रहेका छन् । समितिलाई छानबिन गर्न श्रावण १ देखि २ महिनाको समय सिमा तोकिएको छ । त्यसैगरि, समितिलाई आर्थिक वर्ष २०८०÷०८१ बजेटमा सावेश गरिएका कार्यक्रमहरु, स्थानीय तहहरुमा पठाईएको सर्शत वजेट तथा रकमान्तर गरिएको वजेटको विषयमा छानबिन गर्ने अधिकार दिएको छ ।

स्थानीय तहलाई कमिशन लिए योजना पठाएको तथा वजेटमा कमिशन लिई योजना राखेको लागयतका विषयमा छानबिन गर्न प्रदेश सभाबाट १० सदस्य विशेष छानबिन समिति गठन गरिएको छ ।

 

सम्बन्धित खबर