LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

ज्नकपुरधाम । पेट्रोलियम डिलर्स एशोसिएशन जनकपुरको निर्वाचनलाई लिएर दुई पक्ष बीच भईरहेको विवादमा उच्च अदालत जनकपुरले वर्तमान कार्यसमितिलाई नै माघ २८ गते सम्म कायम रहने गरि अन्तरिम आदेश जारि गरेको छ ।
उच्च अदालतका न्यायधिश भोजराज अधिकारीको इजलासले २०७९ माघ २८ गतेको बसेको एशोसिएशनको सधारण सभाबाट वर्तमान कार्यसमितिको म्याद एक वर्ष अर्थात २०८० माघ २८ गते सम्म रहेकोे भनेर सर्वसहमतिले निर्णय गरेकोले सो समितिलाई विघटन नगर्न नगराउनु भनेर बुधवार अन्तरिम आदेश जारि गरेको हो ।
२०८९ चैत २४ गते धनुषाका प्रमुख जिल्ला अधिकारिको अध्यक्षतामा एशोसिएनका विपक्षी समुहले निर्वाचन तयारीको लागि वर्तमान कार्यसमितिलाई विघटन गरि रघुनाथ प्रसाद साहको संयोजकत्वमा तदर्थ समिति गठन गरेको थियो । सो विरुद्धमा एशोसिएशनका वर्तमान कार्यसमिति सदस्य हुकुमादेव साहले जिल्ला प्रशासन कार्यालय धनुषालाई विपक्षि बनाई उच्च अदालतमा रिट दायर गरेका थिए । सो रिटमाथि सुनावाई गर्दै अदालतले वर्तमान कार्यसमितिलाई नै २०८० माघ २८ गते सम्म म्याद साधारण सभाबाट सर्वसहमत निर्णय भईसकेको अवस्थामा वर्तमान कार्यसमितिलाई विघटन नगर्न नगराउन अन्तरिम आदेश गरेको हो ।

सम्बन्धित खबर