LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

जनकपुरधाम । मधेश प्रदेश सरकारको चालु आर्थिक वर्ष २०७०÷० मा कुल वजेटको ५७ प्रतिशत मात्रै वजेट खर्च गर्न सकेको छ ।
प्रदेश लेखा नियन्त्रक र्काालयका अनुसार प्रदेश सरकारले २४ असार सम्ममा कुल वजेट ४७ अर्व २४ करोड १५ लाखको ५६ दशमलव ४२ प्रतिशत अर्थात २७ अर्व २ करोड ४१ लाख २८ हजार मात्रै खर्च गर्न सफल भएको छ । प्रदेश सरकारले विकास निर्माण पुजिगत तर्फ ५१ दशमलव ९४ प्रतिशत अर्थात १६ अर्व २२ करोड ४७ लाख ९९ हजार खर्च भएको छ भने चालु तर्फ ६१ दशमलव ७५ प्रतिशत अर्थात अर्थात १० अर्व ७७ करोड ७६ लाख १३ हजार खर्च भएको छ ।
यसैबीच, मधेश प्रदेश सरकारको समाजिक विकास मन्त्रालयले सबैभन्दा बढी वजेट खर्च गरेको छ भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले गरेको छ ।
प्रदेश लेखा नियन्त्रक र्काालयका अनुसार समाजिक विकास मन्त्रालयले ७८दशमलव १८ प्रतिशत र मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले मात्रै २८ दशमलव ०४ प्रतिशत वजेट खर्च गर्न सकेको छ ।
त्यसैगरि, भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ४७ दशमलव ४१ प्रतिशत,अर्थ मन्त्रालयले ४४ दशमलव ९४ प्रतिशत, वाणिज्य आपुर्ति तथा विज्ञान प्राविधिक मन्त्रालयले ५२ दशमलव ३६ प्रतिशत वजेट खर्च गरेको छ ।
त्यसैगरि, खानेपानी तथा उर्जा विकास मन्त्रालयले ६४ दशमलव ९३प्रतिशत ,भौतिक पूर्वाधार विकास मन्त्रालयले ५७ दशमलव ८०, गृह तथा सञ्चार मन्त्रालयले ५२ दशमलव ६१ प्रतिशत, उद्योग, पर्यटन तथा वन मन्त्रालयले ४४ दशमलव ९४ प्रतिशत र कानून, न्याय तथा प्रदेश सभा मामिला मन्त्रालयले ४७ दशमलव ४१ प्रतिशत र महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयले ५० दशमलव ८६ प्रतिशत बजेट खर्च भएको प्रदेश कोलनिकाले जनाएको छ ।
त्यसैगरि, मधेश प्रदेश सरकारको जिल्लागत खर्चमा सबभन्दा बढी सर्लाही जिल्लाले बजेट खर्च गरेको छ भने सबभन्दा कम धनुषा जिल्लामा बजेट खर्च भएको छ । सर्लाहीमा विनियोजन गरिएको कुल बजेटको ८१ द्यशमलव ६५ प्रतिशत र धनुषाले कुल विनियोजित बजेटको ४३ दशमलव ०७ प्रतिशत मात्रै खर्च गर्न सकेको छ ।
त्यसैगरि, सप्तरीले ४७ दशमलव ४२ प्रतिशत, सिरहाले ७५ दशमलव ३६ प्रतिशत, महोत्तरीले ७५ दशमलव ५ प्रतिशत, रौतहटले ७७ दशमलव ६४ प्रतिशत, बाराले ७८ दशमलव ५६ प्रतिशत र पर्साले ७४ दशमलव ८४ प्रतिशत बजेट खर्च गरेको छ । सबभन्दा बढी बजेट गर्ने सर्लाही अर्थमन्त्री संजय यादवको गृह जिल्ला हो । उद्योग पर्यटन तथा वन मन्त्रालय र भौतिक पुर्वाधार तथा विकास मन्त्रालयको केहि योजना चालु आर्थिक वर्षमा भएपनि प्राविधिक समस्याको कारण भुक्तानि हुन नसकेको बताइएको छ ।
यस अघि आर्थिक वर्ष २०७६÷०७७मा ५० प्रतिशत र आर्थिक वर्ष २०७५÷०७६ मा ४७ प्रतिशत, आर्थिक वर्ष २०७७÷०७८ मा ६५ दशमलव ५६ प्रतिशत र आर्थिक वर्ष २०७८÷०७९ मा कुल वजेटको ६४ प्रतिशत मात्रै वजेट मात्रै प्रदेश सरकारले वजेट गर्न सकेको थियो ।
प्रदेश सरकारका अर्थ मन्त्री संजय यादवले खर्च सन्तोषनक रहेको प्रतिक्रिया दिएका छन् । आफुहरुले पदभार ग्रहण गर्दा पुस मसान्त सम्ममा प्रदेशको खर्च मात्रै ९ प्रतिशत रहेको अवस्थामा पछिल्लो ४ महिनामा मात्रै खर्चको अवस्था बढेको मन्त्री यादवले दावि गरे ।

 

सम्बन्धित खबर