LIVE
पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती |

जनकपुरधाम । लामो समयदेखि वर्षाको पखाईमा रहेका मधेश प्रदेशका किसानहरु सोमवार पानी पर्दा हर्षित भएका छन् ।
वर्षा नहुदाँ धान रोपाईन गर्न नसकेका किसानहरुले सोमवार दिउँसो र साँझ परेको पानीले भने केहि राहत महसुस गरेका छन् । दमकल लगायतका मद्दतले धान रोपाई भएका खेतहरुमा पानीको अभावमा गाँज परेको र बेर्ना सुखेकोमा चिन्तामा रहेका किसानहरुले भने सोमवारको वर्षाले हर्षित भएका छन् । पानी नपर्दा खडेरी लाग्ने चिन्ता थियो, धनुषा कमला नगरपालिका सघाराका किसान हविव राईनले भने,‘ आज साँझ भएको वर्षाले केहि राहत महसुस भएको छ ।’
दमकल, खोलानालाको मद्दतले जसोतसो धान रोपिएको खेतमा धानले गाँज हाल्न नपाउँदै पानीको अभावले गवारो किराको प्रकोप देख्न थालेको थियो । धानरोपी सकेपछि पानीको आवश्यकता पर्ने हुँदा रोपाई गरेको खेतमा पानी सुखेपछि गवारो किराको प्रकोप लाग्ने गरेको कृषि विज्ञहरुको भनाई छ । तर सोमवार थोरै पानी परेपछि ति किराको प्रकोपबाट राहत हुने उनीहरुको भनाई छ ।

सम्बन्धित खबर