LIVE
कर्मचारी सरुवामा विभेद र राजनीतिक हस्तक्षेपको आरोप, चुरे संरक्षण अभियान आन्दोलित | १९ वर्षदेखि अधुरो रामजानकी रंगशाला ः बजेट आयो, खर्च भएन ः अब वार्षिक २५ करोड लगानीको तयारी | विद्युत् प्राधिकरण बाधक बन्दा अलपत्र भयो मधेशको सौर्य सपना | चक्रवातको सम्भावना ः पाकेको धान काटन महोत्तरी प्रशासनको आग्रह | | एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकारको कसरत | आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव |

जनकपुरधाम । छोरा छोरी बीचको विभेदको कारण मधेश प्रदेशका लैङ्गिक सन्तुलनमा बिग्रन थालेकोमा विभिन्न सरोकारवाला निकायले चिन्ता व्यक्त गरेका छन् ।
मधेश प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजना तथा संघिय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वय र युएनएफपिएको प्राविधिक सहयोगमा जनसंख्या र विकास सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन १९९४को ३० वर्षिय समिक्षा सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यत्रममा वक्ताहरुले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।
मधेश प्रदेशमा लिङ्ग पहिचान गरि गर्भपतन गराउने, छोरा छोरी बीचको विभेद कायम रहेको लगायतका कारण लैङ्गिक सन्तुलनमा असर परेको कार्यक्रममा सहभागि वक्ताहरुले बताएका छन् । कार्यक्रममा प्रस्तुत गरिएको एक तथ्यांक अनुसार मधेश प्रदेशमा १ सय छोरीमा १ सय १४ जना छोराको जन्म हुने गरेको उल्लेख छ । नेपालमा औसत रुपमा १ सय महिलामा ९६ जना पुरुष रहने गरेको छ । यस हिसाबले मधेशका छोरा छोरी बीचको विभेद पछिल्लो समय बढ्दै गएको छ । मधेशमा यस्तो अवस्था आउनुमा कारण गर्भमा नै लिङ्गको पहिचान गरी गर्भपतन गराउनु प्रमुख रहेको वक्ताहरुको भनाई छ ।
कार्यक्रममा संघीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका उपसचिव कपिल प्रसाद तिम्सिनाले जनसङ्ख्यालाई सन्तुलनमा राख्न हरेक क्षेत्रबाट पहल हुनु पर्ने बताउदै उनले सन्तुलित जनसङ्ख्याले मुलुकको विकास निर्माणमा टेवा पुग्ने बताए ।
मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका उपसचिव डा. इन्द्रजीत रजकको अध्यक्षता सम्पन्न कार्यक्रममा महिला बालबालिका तथा समाजिक न्याय समितिका सभापति तथा विभिन्न सरोकारवाला निकायबाट प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर