LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

इन्टरनेटमा तपाईंले एक क्लिकमै चाहेको कुरा भेटाउन सक्नुहुन्छ । यसले तपाईंलाई ज्ञानवद्र्धक तथा मनोरञ्जक सामग्री प्रदान गरिरहेको हुन्छ । तर, इन्टरनेटको लत लाग्यो भने तपाईंमा धेरै समस्या पनि देखिन सक्छ । त्यसैले आवश्यकताबाहेक इन्टरनेट धेरै चलाउनु राम्रो होइन ।

सबैभन्दा पहिले इन्टरनेटले तपाईंको समयतालिकामा असर गर्छ । इन्टरनेट चलाउँदा–चलाउँदै तपाईंले गर्नुपर्ने प्राथमिकताका काम गर्न भुल्नुहुन्छ । कामको रुटिन गडबड भएपछि कार्यालयको काम पनि बिग्रन्छ । निजी जिन्दगीमा पनि यसले असर गर्छ ।

ad
इन्टरनेट प्रयोग गरिरहँदा तपाईंको मुड निकै खुसी हुन्छ । तपाईं आफ्ना सबै चिन्ता र जिम्मेवारीबाट मुक्त महसुस गर्नुहुन्छ । त्यसपछि बिस्तारै तपाईं गैरजिम्मेवार बन्न थाल्नुहुन्छ । विभिन्न बहाना बनाएर प्राथमिकताका काम गर्न छाड्नुहुन्छ ।

मुड स्विङको सामना गर्नु एक प्रमुख लक्षण हो । अत्यधिक समय इन्टरनेटमा बसेपछि तपाईंको व्यवहार उग्र हुन थाल्छ । तपाईं आक्रोशित हुन थाल्नुहुन्छ । तपाईंको एकाग्रता कम हुन्छ । इन्टरनेटको लत लाग्नेलाई रातको समय राम्रो निद्रा लाग्दैन ।

समस्याबाट कसरी बाहिर निस्कने ?
तपाईंले बिस्तारै इन्टरनेटमा बिताउने समय घटाउँदै लग्नुपर्छ । हप्तामा तपाईंले ३६ घन्टाभन्दा धेरै समय इन्टरनेटमा बिताउनुभयो भने यसलाई लत मानिन्छ । तपाईंले यसलाई घटाएर १४ घन्टाभन्दा कम समयमा झार्नु राम्रो हुन्छ । राम्रो महसुस गर्नका लागि अन्य गतिविधिमा व्यस्त रहनुस् । मानिसहरूसँग भेट्न सुरु गर्नुस् । खेल खेल्नुस् । परिवारसँग धेरैभन्दा धेरै समय बिताउने कोसिस गर्नुस् । घुम्न जानुस् । लामो दूरीको यात्रा गर्नुस् । किताब पढ्नुस् । डायरी लेख्न थाल्नुस् । यदि यी उपायले इन्टरनेटको लतबाट छुटकारा पाउन मद्दत मिलेन भने मनोचिकित्सकको सहायता लिन सकिन्छ ।

सम्बन्धित खबर