LIVE
सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ | सेवाग्राहीमाथि हातपात गर्ने यातायात कार्यालय बाराका प्रमुख अर्चायको जिम्मेवारी खोस्यो | विभिन्न मुद्दामा फरार रहेका ११ जना एकै दिनमा पक्राउ | मधेश प्रदेश सरकारविरुद्ध विपक्षी दलहरु आक्रामक, बजेट संशोधनको माग | गौशालामा बजार ठेक्का विवाद चर्कियो, नगर प्रहरी पक्राउपछि नगरपालिका सेवा ठप्प | असई थमन विक हत्या प्रकरणमा दोषि ठहर भएका पुर्व साँसद महतो पक्राउ | मधेश प्रदेशमा दलहरु बीचको विवादले बजेटमाथिको छलफल अन्यौलमा | धान दिवसमा जलवायुमैत्री खेतीमा जोड | जानकी प्लास्टिक उद्योगमा छापा, छापापछि रातारात नक्कली पाइप गायब, सञ्चालिका फरार |

जनकपुरधाम । जनकपुर भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७९।०८० मा लक्ष्य पुरा गर्न सकेनन् । गत आवमा वार्षिक लक्ष्य ४९ करोड ४४ करोड रहेकोमा असार मसान्त सम्म सो कार्यालयले ३२ करोड ९६ लाख २५ हजार ८ सय ५८ रुपैया अर्थात ८६.६९ प्रतिशत मात्र राजस्व उठाउन सफल भएको छ ।
विश्व व्यापी आर्थिक मन्दी, रुस र युक्रेनका बीचको युद्ध तथा जिल्लामा रहेका छोटी भन्सार कार्यालयहरु संचालन नहुदाँ राजस्व प्रभावित भएको जनकपुर भन्सार कार्यालयका प्रमुख केशव ओलीले जानकारी दिए ।
महिनाथपुर सहितका छोटी भन्सार लामो समयदेखि बन्द अवस्थामा रहेकाले पनि राजस्वमा प्रभावित भएको उनले बताए । छोटीहरु भन्सार कार्यालय संचालनामा नआउदाँ एक त राजस्व प्रभावित भईरहेको छ भने अर्को तिर पुर्वि धनुषाका व्यापारीहरुको व्यापार समेत प्रभावित हुने गरेको छ । महिनाथपुर संचालनमा रहेको वेला त्यस क्षेत्रका व्यापारीहरुलाई भारतबाट माल समान ल्याउन सहज हुने गरेको थियो । तर अहिले ति भन्सार बन्द हुदाँ आफुहरुलाई सास्ती हुने गरेको त्यस क्षेत्रको व्यापारीहरुको भनाई छ ।
महिनाथपुर छोटी भन्सारबाट आलु,प्याज,चामल लगायतका घरायसी मालसमान बढी आयात हुने गरेको छ । जनकपुर भन्सार कार्यालय जनकपुरधाममा हाल करोनटाईनको व्यवस्था नहुदाँ यसले राजस्वमा समस्या देखिएको उनले बताए । ्

 

सम्बन्धित खबर