LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

फाएजा फहमीदा
जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरले गत आर्थिक वर्ष २०७९÷ ०८० मा वार्षिक लक्ष्य पुरा गर्न असफल भएको छ ।
गत आर्थिक वर्षमा वार्षिक लक्ष्य ३ अर्ब ७० करोड ६८ लाख १० हजार रुपैयाँ रहेकोमा सो कार्यालयले गत असार मसान्त सम्म लक्ष्यको ९२ दशमलव ९४ प्रतिशत अर्थात ३ अर्ब ४४ लाख मात्र राजस्व संकलन गर्न सफल भएको हो । कार्यालयले आयकर तर्फ १ अर्ब २३ करोड,घरभाडा करबाट ४ करोड ८७ लाख,ब्याजबाट ६ करोड ११ लाख,आन्तरिक भ्याटबाट १ अर्ब राजस्व संकलन गरेको छ ।
त्यसैगरि, आन्तरिक अन्त शुल्कबाट १ अर्ब ९ करोड,स्वास्थ सेवा करबाट ७ लाख ४२ हजार र शिक्षा सेवा करबाट ३५ हजार राजस्व संकलन भएको आन्तरिक राजस्व कार्यालयका प्रमुख किशोर बर्तौलाले जानकारी दिए । उनले विश्व व्यापीको भएको आर्थिक मन्दी, करोना महामारीको प्रभाव र रुस युक्रेन युद्धका कारण कतिपय व्यवसायीले व्यापार बन्द गरेर पलायन भएकाले पनि राजस्व संकलनमा प्रभाव भएको बताए । धनुषा जिल्लामा रहेका धेरै कतिपय साना तथा मझौला घरेलु उधोगहरु बन्द हुदाँ पनि राजस्व प्रभावित भएको उनले बताए ।

सम्बन्धित खबर