LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । धनुषामा सडकमा बनाइएको चेम्बरकोे खाल्डोमा खसेर एक बालकको मृत्यु भएको छ ।
जिल्लाको जनकपुरधाममा उपमहानगरपलिका–२५ लाहनामास्थानीय रंजित कुमार मुखियाका २ वर्षिय छोरा रोहन मुखियाको घर नजिको सडक बनाईएको चेम्बरको खाल्डोमा खसेर शुक्रवार विहान मृत्यु भएको हो ।

घरको दलानमा खेलिरहेका रोहन एक्कासी घर अगाडीको सडकमा बनाईएको चेक्बरमा खसेका थिए । पछि परिवारजनले खोजतलास गर्दा उनी चेम्बरको खाल्डोमा मृत फेला परेको प्रहरीले जनाएको छ ।
निर्माणधिन उक्त सडकमा ठाँउ ठाँउमा नाला निर्माणको क्रममा चेम्बर बनाईएको छ । तर चेम्बर बनाएपनि त्यसलाई छोपने ढकन नबनाइएकोले खुल्ला नै रहने गरेको थियो । यता, ठेकेदारको लापर्वाहीको कारण बालकको मृत्यु भएको भन्दै स्थानीयहरुले आक्रोसित भएको स्थानीय नथुनि मण्डलले जानकारी दिए ।

सम्बन्धित खबर