LIVE
धान दिवसमा जलवायुमैत्री खेतीमा जोड | जानकी प्लास्टिक उद्योगमा छापा, छापापछि रातारात नक्कली पाइप गायब, सञ्चालिका फरार | बागमती नदिमा डुबेर दुई बालकको मृत्यु | हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने |

जनकपुरधाम÷नेपाली काँग्रेसको भातृ संगठन सुचना संचार तथा प्रचार प्रसार विभाग मधेश प्रदेशका कार्यसमितिलाई प्रमाण पत्र वित्तरण तथा सम्मान गरिएको छ ।
शुक्रवार जनकपुरधामस्थित पार्टीको प्रदेश कार्यालयमा आयोजना गरिएको सो कार्यक्रममा नेपाली काँग्रेस मधेश प्रदेशका सभापति तथा ता मधेस प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री कृष्णा प्रसाद यादवले विभागमा नव कार्यसमितिका पदाधिकारीहरुलाई प्रमाणपत्र वित्तरण तथा सम्मान गरेका थिए । मन्त्री यादवले प्रजातन्त्रदेखि अहिले सम्म काँग्रेसले लोकतन्त्रको संरक्षणको लडाई लड्दै आएको बताए । उनले समाचार सम्प्रेशन गर्दा सत्य तथ्य बुझेर गरेको खण्डमा संचारमाध्यमहरुको महत्व बढ्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेस मधेस प्रदेशका उप सभापति तथा प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र प्रसाद सिंहले पनि नव कार्यसमितिलाई शुभकाना व्यक्त गर्दै समाजमा रहेका विभिन्न विकृति विसंगति विरुद्ध कलम चलाउन संचारकर्मीलाई आग्रहा गरे ।

त्यसैगरि, कार्यक्रममा मधेश प्रदेशका गृह संचार तथा कानुन मन्त्री मोहम्मद समिमले संचारमाध्यमकै कारण जनता सुसुचित हुने भएकोले संचारमाध्यमलाई सबै तफबाट सहयोग आवश्यक रहेको बताए । प्रदेश सरकारले संचारमाध्यमको विकासमा गम्भिर रहेको उल्लेख गर्दै मन्त्री समिमले भने,‘ तपाईहरु सत्य तथ्य समाचार सम्प्रेशन गर्नुस, यसले आम जनता सुसुचित हुनुको साथै विभिन्न विकृति विसंगतीहरु आफै समाप्त हुदै जान्छ ।’
सुचना संचार तथा प्रचार प्रसार विभाग मधेश प्रदेश प्रमुख प्रमुख नितेस कुमार गुप्ताको अध्यक्षता भएको कार्यक्रममा मधेश प्रदेश सभा सदस्य नागेन्द्र साह,कांग्रेस मधेस प्रदेशका उप सभापति तथा प्रशिक्षण बिभाग प्रमुख चन्द्र शेखर यादव,भौतिक पुर्वाधार बिकास मन्त्रीका मुख्य सचिव सन्तु प्रसाद यादव,नेपाल प्रेस युनियन मधेश प्रदेश अध्यक्ष सत्यनारायण श्रेष्ठ,नेपाली काँग्रेस स्वास्थ्य सेवा विभागका प्रमुख शर्मिला थापा लगायतका सहभागिता रहेको थियो ।
सो कार्यक्रम पश्चात विभागको पहिलो वैठक शुक्रवार नै सम्पन्न भएको थियो । विभाग प्रमुख गुप्ताको अध्यक्षतामा भएको वैठकमा विभागले मासिक बुलेटिन निकाल्नेसहितका ८ वटा निर्णयहरु गरेको छ ।

 

सम्बन्धित खबर