LIVE
धान दिवसमा जलवायुमैत्री खेतीमा जोड | जानकी प्लास्टिक उद्योगमा छापा, छापापछि रातारात नक्कली पाइप गायब, सञ्चालिका फरार | बागमती नदिमा डुबेर दुई बालकको मृत्यु | हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने |

जनकपुरधाम । नेपाल प्रेस युनियनको मधेश प्रदेशले प्रदेशका गृह संचार तथा कानुन मन्त्री मोहम्मद समिमसहित तीन जनालाई सम्मान गरेको छ ।
युनियनको मधेश प्रदेश समितिले एक कार्यक्रम बीच मन्त्री समिम, नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष अनिल कर्ण र सचिव अजित तिवारीलाई दोसला ओढाएर सम्मान गरेको छ । सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री समिमले प्रदेश सरकार संचारकर्मी र संचारमाध्यको संरक्षण र प्रवद्र्धनमा प्रतिवद्ध रहेको बताए ।
स्वतन्त्र पत्रकारिता लोकतन्त्रको अक्सिजन रहेको बताउदै मन्त्री समिमले सत्य र तथ्यमा टेकर कमल चलाएको खण्डमा देशमा विकास र सम्वृद्धिको टेवा पुग्ने बताए ।
सम्मान कार्यक्रम पश्चात बसेको युनियनको मधेश प्रदेश समितिको वैठकले आउँदो असोज २६ र २७ गते सर्लाहीमा भेला गर्ने निर्णय गरेको छ । त्यसैगरि, वैठकले युनियनको मधेश प्रदेश स्तरीय सल्लाहकार समिति गठन समेत गठन गरेको छ ।
सल्लाहकार समितिमा धनुषाबाट शैलेन्द्र झा, रिंकु मिश्र गायत्री, पर्साका किशोर सिंह, बाराबाट सिकेन्द्र पासवान र सर्लाहीका कृष्ण कुमार स्माइली रहेका छन् । त्यसै गरि बैठकबाट सचिवालयको समेत गठन गरिएको छ । युनियनका विधान अनुसार सात सदस्यीय सचिवालय गठन गरिएको छ। गठन गरिएको सचिवालयमा मधेश प्रदेश अध्यक्ष सत्य प्रसाद श्रेष्ठ, उपाध्यक्ष, धिरेन्द्र साह, महासचिव अजय कुमार साह र कोषाध्यक्ष उदय दास थारु रहेका छन् भने सदस्यहरुमा विजय साह, संजिव मिश्र र पुस्तिका केसी रहेका छन् ।
बैठकले मधेश प्रदेशको सिरहा जिल्ला अधिवेशन अझै बाँकी रहेको हुँदा अविलम्व गर्न÷गराउन निर्देशन समेत दिएको युनियमा मधेश प्रदेश महासचिव अजय साहले बताए ।

 

सम्बन्धित खबर