LIVE
भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने | पर्साका विभिन्न स्थानको अतिक्रण हटाईदै, गण्डक नहर क्षेत्रमा सात सयभन्दा बढी संरचना हटाइयो | उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ |

जनकपुरधाम । पुर्वप्रधानमन्त्री तथा नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाललले संघियता र परिर्वतन विरोधी तत्वको उष्काहटमा मुलुकको विभिन्न स्थानमा धार्मिक सदभाव बिथोल्ने घटना भईरहेको बताएका छन् ।
पार्टीले संचालन गरेको मेची महाकाली जनजागरण यात्राको क्रममा जनकपुरधाम पुगेका पुर्व प्रधानमन्त्री नेपालले बुधवार विहान आयोजना गरिएको पत्रकार सम्मेलनमा यस्तो धारणा राखेका हुन् । पटक–पटकको आन्दोलन, सयौ शहिदहरुको बलिदानीले प्राप्त भएको उपल्बधीलाई उल्टाउन परिवर्तन नचाहने शक्तिले आपसी भाईचारा, धार्मिक सहिष्णुतामा खल्ल पुर्याउने षडन्त्र गरिरहेको उनले बताए ।
अमन चयनले मात्रै मुलुकमा विकास र सम्वृद्धि आउने उल्लेख गर्दै पुर्व प्रधानमन्त्री नेपालले भने,‘ समाजलाई धार्मिक द्वन्द, हिंसाबाट जोगाउन नागरिक समाजलाई सचेत रहन र त्यस्ता विरोधी तत्वलाई खबरदारि गर्न तयार रहनुपर्छ ।’बहुधार्मिक, बहुसास्कृति, बहुभाषिक नेपाली समाजको विशेषता रहेको बताउदै समाजमा कुनै प्रकारको नकारात्मक क्रियाकलाप नगर्न नगराउने उनले सबैसाग अपिल समेत गरे । नेपाल हिन्दु र बौद्ध धर्मको उदम स्थल रहेकोले यहाँ धार्मिक पर्यटकको ठुलो सम्भावना रहेको बताए ।
अर्को प्रशंगमा, उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दहाल नेतृत्वकै सरकार तत्काल रहने गठबन्धन दल बीच सम्झदारी रहेको बताए ।
पुर्वको झापाबाट सुरु भएको जनजागरण अभियान पश्चिममा सुदुरपश्चिम र कर्णाली पुगेर मात्रै सम्पन्न हुने उनले बताए । सुशासन, रोजगारी र सम्वृद्धिलाई प्राथकिता दिएर जनजागरण अभियान संचालन गरिएको बाउँदै उनले भने,‘ सुशान कार्य गरि रोजगारिको अवस्था सृर्जना हुन्छ र त्यसले आर्थिक सम्वृद्धि तर्फ अगाडी बढ्न सहयोग हुन्छ ।’पार्टी भित्र कुनै प्रकारको असहमति नरहेको उनले बताए ।

सम्बन्धित खबर