LIVE
राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता | नेपाल सुडी समाजको दोस्रो साधारणसभा सम्पन्न |

धनगढी । सासुमाथि बुहारीले कुटपिट गरेको घटना बाहिर ल्याउने ११ वर्षीय बालकलाई अछाम प्रहरीले सम्मान गरेको छ । पञ्चदेवल विनायक नगरपालिका– ६ की ५३ वर्षीया जैसरा न्यौपानेमाथि कुटपिट गरेको घटनाको भिडियो मोबाइलमा कैद गरेर बाहिर ल्याउने उनका ११ वर्षीय नातीलाई जिल्ला प्रहरी कार्यालयले सम्मान गरेका छन ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक कैलाश विष्टले पारिवारिक हिंसालाई भिडियोमा खिचेर बाहिर ल्याएर दोषीलाई कानुनी दायरामा उभ्याउने काममा सहयोग गरेकाले सो सम्मान गरिएको बताए । शुक्रबार सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रणबहादुर रावलले उनलाई फूलमाला, दोसल्ला र सम्मान पत्र दिँदै सम्मान गरेको प्रहरी निरीक्षक विष्टले भने ।

गत बुधबार पञ्चदेवल विनायक नगरपालिका–६ तोलीकी ५३ वर्षीया जैसरा न्यौपानेमाथि कुटपिट भएको भिडियोलाई ती बालकले खिचेका थिए । उनी सासु कुटेको आरोपमा पक्राउ परेकी देवसरा न्यौपानेका छोरा हुन् । उनले देवसरासहितका दुई जनाले जैसरालाई कोठाभित्र थुनेर कुटपिट गरिरहेको अवस्थामा बालकले लुकेर भिडियो बनाएको थियो । सोही भिडियोका आधारमा प्रहरीले कुटपिटमा संलग्न दुई जनालाई पक्राउ गरेका थिए ।

सम्बन्धित खबर