LIVE
एसइइको रिजल्टमा सुधार ल्याउन स्वयंमसेवक शिक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार |

स्रोत नखुलेको २० लाख रुपैयाँसहित प्रहरीले धनुषाबाट दुईजनालाई पक्राउ गरेको छ । सुनसरीको ईनारुवा नगरपालिका ६ बस्ने २२ वर्षीय आशिष कामद र २७ वर्षीय बजरंग प्रसाद गुप्तालाई पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।
उनका अनुसार मंगलबार राति प्र–०१–०२–०४६ प.५६३१ नम्बरको मोटरसाईकलमा सबार भएर जाँदै गर्दा धनुषाको सबैला नगरपालिका १२ रघुनाथपुर स्थित नहरचोकमा चेकजाँच गर्ने क्रममा कालो रंगको झोला भित्र श्रोत नखुलेको २० लाख रुपैयाँ बरामद भएको हो ।
इलाका प्रहरी कार्यालय सबैलाबाट खटेको प्रहरीटोली दुवै जनालाई नगदसहित नियनत्रणमालिई अनुसन्धान पश्चात आवश्यक कार्वाहीको लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभाग काठमाण्डौमा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सम्बन्धित खबर