LIVE
आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग |

स्रोत नखुलेको २० लाख रुपैयाँसहित प्रहरीले धनुषाबाट दुईजनालाई पक्राउ गरेको छ । सुनसरीको ईनारुवा नगरपालिका ६ बस्ने २२ वर्षीय आशिष कामद र २७ वर्षीय बजरंग प्रसाद गुप्तालाई पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।
उनका अनुसार मंगलबार राति प्र–०१–०२–०४६ प.५६३१ नम्बरको मोटरसाईकलमा सबार भएर जाँदै गर्दा धनुषाको सबैला नगरपालिका १२ रघुनाथपुर स्थित नहरचोकमा चेकजाँच गर्ने क्रममा कालो रंगको झोला भित्र श्रोत नखुलेको २० लाख रुपैयाँ बरामद भएको हो ।
इलाका प्रहरी कार्यालय सबैलाबाट खटेको प्रहरीटोली दुवै जनालाई नगदसहित नियनत्रणमालिई अनुसन्धान पश्चात आवश्यक कार्वाहीको लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभाग काठमाण्डौमा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सम्बन्धित खबर