LIVE
आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग |

मो.इन्तेखाब आलम
जनकपुरधाम । पाँचदलिय गठबन्धन राजनितिक रुपमा मात्र होइन समाजिक एकताको रुपमा संगठित भई जनता समछ जानका लागि गठबन्धनका नेता तथा कार्यकर्तालाई प्रधानमंन्त्री शेर बहादुर देउवाले अहवान गरेका छन । देशमा विभिन्न किसमाका राजनितक भईसके अब सबैले देश निर्माणका लागि गठबन्धनका उम्मेदावरहरुलाई जिताउन बेला रहेको जनकपुरधाममा पाँचदलिय गठबन्धन द्धारा आयोजित मधेश प्रदेश स्तरिय भेलामा यसो उनले भनेका हुन ।हाम्रो पाँचदलिय गठबन्धनका नेता तथा कार्यकर्ताहरुले बुझनुपर्छ हामी सबै गठबन्धनका आफनै साथीभाई हौ हाम्रो जित तपाईको जित हो र तपाईको जित हाम्रो जित हो यो बुझेर जनता समछ जानुपर्ने बेला रहेको प्रधानमंत्री देउवाले भनेका छन ।

मैले धेरै राजनित गरे विगतका साथीहरुले हाम्रो इमान्दारितालाई बुझन सकेन तर जनता बुझीरहेको छ , हामी जनताका दुख सुखका साथी हौ त्यसैले हामी पाँचदलिय गठबन्धन गरि जनतालाई सम्मान र हक दिलाउँनका लागि हामी एक भएका हौ र यो गरेर देखाउँछौ पूर्व प्रधानमंनत्री माधव कुमार नेपालले भने । मुसलमानका लागि मक्का पवित्र स्थल हो,त्यस्तै लुम्बनी बौद्ध धर्मका लागि पवित्र स्थल हो र हिन्दु धर्मका लागि जनकपुरधाम पवित्र स्थल हो यस्ता स्थलहरुको संरक्षन सबैले गर्नु पर्छ उनले भने ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालाई समाप्त पर्नका निमित अहिले धेरै षडयन्त्र भईरहेको छ यसलाई जोगाउनका निमित हामी पाँचदलिय गठबन्धन गरे यी ५ शक्तीले देशलाई जोगाउनका लागि जेगर्नु पर्छ हामी गरछौ पूर्व प्रधानमंन्त्री पुष्पकमल दाहाले भनेका हुन । देशमा पछिडीएका समुदाय मुस्लिम,दलित,जनजाति,थारु लगायतका हक अधिकारका लागि हामी लडी रहेका छौ यीनीहरुको हक अधिकार दिलाएर नै हमी छाडने छौ उनले भने ।

राजनिति गर्नु तर कसैले जनताका लागि राम्रो काम गरिरहेको छ त्यसलाई न बिथोल्नु नत्र जनताले तपाईलाई बिथोलि दिन्छ नेकाँका वरिष्ट नेता रामचन्द्र पौडेलले भने । उनले भने सबै कुरालाई राजनिति रुपमा होइन जनताको हितको लागी पनि गर्नुपर्छ उनले भने । कार्यक्रममा नेकाँ पूर्व उपसभापति बिमलेन्द्र निधी , लोसपाका वरिष्ट नेता सरद सिंह भण्डारी लोसपाका वरिष्ट नेता जितेन्द्र सोनल, माओवादी वरिष्ट नेता मातृका यादव , नेकाँका वरिष्ट नेता राम कृष्ण यादव लगायतका नेताहरु उस्थित रहेका थिए ।

सम्बन्धित खबर