LIVE
जनकपुरधाममा दिपावलीको धुमधाम | थाला परेको मधेशको अर्थतन्त्रलाई चाडपर्वले बनायो चलायमान | गाजामा आर्तनादको भयानक दृश्य,जुन एउटी नर्सले फोनमा रेकर्ड गरिन् | सिरहामा एक मलेसियन नागरिकसहित चारजनालाई पक्राउ | राष्ट्र संघबाट इजरायललाई हटाइनुपर्छ  | हिलोमा चिप्लेर हुने सवारी दुर्घटना रोक्न वर्षामै चालकहरुलाई सर्तक गराउँदै धनुषा ट्राफिक प्रहरी | जनकपुरधामसहित धनुषाको ट्राफिक व्यवस्ता चुस्त बनाउन प्रमुख वलीको सक्रियता | मुस्लिमसहित समग्र महिलाको विकास बिना प्रदेश सम्वृद्ध हुदैन ः मन्त्री जयसवाल | मुख्यमन्त्री सिंहले सार्वजनिक गरे सय दिनको उपल्बधी | धनुषा प्रहरी हिरासतबाट भागेका सबै थुनुवा पक्राउ , घटना छानबिनको लागि समिति गठन |

जनकपुर । रौतहट क्षेत्र नं ३ मा सत्ता गठबन्धन भत्किएको छ । सत्ता गठबन्धनका नेताहरु आफ्ना उम्मेदवारको साथ छोडेर प्रतिनिधिसभा सदस्यको स्वतन्त्र उम्मेदवारलाई साथ दिएपछि गठबन्धन टुटेको छ । गठबन्धन भत्किएपछि क्षेत्र नं ३ को राजनीतिले नयाँ मोड लिएको छ ।
पाँच दलीय गठबन्धन रौतहटका नेताहरु क्षेत्र नं ३ का प्रतिनिधिासभा सदस्यमा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका धीरज पटेलको साथ छोडी प्रतिनिधिासभा सदस्यका नेपाली कांग्रेसका बागी (स्वतन्त्र) उम्मेदवार ओम प्रकाश जयसवाललाई साथ दिएका छन् । गठबन्धनले पटेललाई उम्मेदवार बनाए पनि अर्का स्वतन्त्र उम्मेदवार प्रभु साहलाई समर्थन गर्ने निर्णय गरेपछि आफू कुनै हालतमा साहलाई समर्थन नगर्ने भन्दै नेकपा एकीकृत समाजवादीका प्रदेशसभा ‘क’ का उम्मेदवार नागेन्द्र यादव र कांग्रेसका प्रदेशसभा ‘ख’ का उम्मेदवार सुनिल कुमार यादव भनिने जितेन्द्र सहित माओवादीका नेताहरु पनि स्वतन्त्र उम्मेदवार जयसवाललाई सहयोग गरेका छन् ।
सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुले रौतहट क्षेत्र नं ३ को माओवादी केन्द्रबाट धीरज पटेल प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुँदाहुँदै आफूखुसी धीरजलाई बाइपास गरी अर्का प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार साहलाई समर्थन गर्न अर्थात सहयोग गर्ने निर्णय गरेपछि सत्ता गठबन्धनकै नेताहरु असन्तुष्ट भएका छन् । असन्तुष्ट बनेका नेकपा माओवादी केन्द्रका अधिकांश नेता कार्यकर्तासहित नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका सिंगो नेता कार्यकर्ता नै साहलाई आफूहरु कुनै हालतमा गठबन्धनको उम्मेदवार स्वीकार गर्न नसक्ने भन्दै कांग्रेसका बागी उम्मेदवार जयसवाललाई साथ दिएका छन् ।
सत्ता गठबन्धनका शीर्ष नेताहरुले धीरजलाई फिर्ता हुन र अर्का स्वतन्त्र उम्मेदवार साहलाई समर्थन गर्न जिल्लाका सत्ता गठबन्धनका नेताहरुलाई आग्रह गरे पनि दुबै उम्मेदवार साह र पटेललाई समर्थन गर्न अस्वीकार गरी कांग्रेसका बागी उम्मेदवार ओम प्रकाश जयसवाललाई समर्थन गरी घरदैलो कार्यक्रमलाई तीव्रता दिइरहेका छन् ।
पटेलबाट साह पराजित हुन नसक्ने र जयसवालले साहलाई पराजित गर्न सक्ने अवस्था देखिएपछि कांग्रेस र नेकपा एसका दुबै प्रदेश सांसदका उम्मेदवारहरुसँगै माओवादी केन्द्रका केन्द्रीय सदस्य विन्देश्वर यादव, युवा नेता नश्रुदिन अन्सारी, नेकपा एसका जिल्ला अध्यक्ष कमल यादवसहितका नेताहरु स्वतन्त्र उम्मेदवार जयसवाललाई नै खुलेर साथ दिएका छन् ।
निर्वाचन क्षेत्र नं ३ प्रदेशसभा ख का सत्तारुढ पाँच दलीय गठबन्धनका नेपाली कांग्रेसका प्रदेशसभा सदस्यका उम्मेदवार सुनिल कुमार यादवले आप् mना गठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार पटेललाई बाइपास गरी प्रतिनिधिसभाका नेपाली कांग्रेसकै बागी स्वतन्त्र उम्मेदवार जयसवाललाई साथ दिएपछि नयाँ तरंग पैदा भएको छ । सत्ता गठबन्धनको तर्फबाट नै नेकपा एकीकृत समाजवादी पार्टीबाट क्षेत्र नं ३ (क) को प्रदेश सांसदका लागि उम्मेदवारी दिएका नागेन्द्र यादवले पनि यसअघि नै सत्ता गठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार पटेलको साथ छाडिसकेका छन ।पटेलको साथ छाडेका यादव प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार जयसवाललाई सघाइरहेका छन् । कटहरिया नगरपालिका वडा नं ४ हर्षाहामा विहीवार नेपाली कांग्रेसका जिल्ला सभापति एवं प्रदेशसभा ख का उम्मेदवार सुनिल यादवले प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार जयसवालसँग संयुक्त रुपमा शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रमलाई तीव्रता दिएका छन् ।
सो कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष कमल यादवले आउँदो मंसिर ४ गते हुने निर्वाचनमा क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार जयसवालको जित कसैले चाहेर पनि रोक्न नसक्ने दाबी गरे । जयसवाल स्वतन्त्रबाट चुनाव लडे पनि उनलाई सत्ता गठबन्धनको पूर्ण साथ र सहयोग रहेकोले उनको जित कसैले रोक्न नसक्ने उनले बताए ।
परिवारवाद र भ्रष्टाचारमा लिप्त, आफ्ना व्यक्तिगत स्वार्थका लागि पटक पटक पार्टी परिवर्तन गर्ने, हत्या, हिंसा जस्ता कार्यलाई बढावा दिने तथा तानाशाही प्रवृति देखाउने प्रभु साहको तानाशाही प्रवृतिका कारण जनता आजित भइसकेकोले उनलाई हराउन सहयोग गर्नुको सट्टा गठबन्धनले उल्टै समर्थन गर्न भनेपछि आफूहरु जयसवाललाई साथ दिएको उनले बताए ।
आफ्ना व्यक्तिगत स्वार्थ पूर्तिका लागि पटक पटक पार्टी परिवर्तन गर्ने, प्रचण्ड मुक्त देश बनाउनु पर्छ भनी अभिव्यक्ति दिने, हत्या, हिंसा जस्ता कार्यलाई बढावा दिने, भ्रष्टाचार तथा परिवारवादमा लिप्त साहलाई आफुहरु कुनै हालतमा समर्थन नगर्ने उनले बताए ।

सम्बन्धित खबर