जनकपुरधाम । तराई मधेशमा धुमधामका साथ मनाई महापर्व छठ सोमवार विधिवत रुपमा सम्पन्न हुदै छ ।
सोमवार विहान उदाँउदो सुर्यलाई अर्घ दिएपछि यो पर्व विधिवत रुपमा सम्पन्न हुने छ । आईतवार व्रतालु श्रद्र्धालुभक्तजनहरु अस्ताउदै गरेको सुर्यको अर्घ दिएको छ । विगत वर्ष झै यस वर्ष पनि छठ पर्वको अवसरमा जनकपुरधामका गंगासागर, धनुष सागर, दशरथ तलाउ, अगजासर लगायतका प्रमुख पोखरीलाई विद्युतिय बल्फले झिलिमिलि पारिएको छ । गंगा सागर छठ पुजा समितिका सदस्य रमण सिंहले यस वर्ष छठ पर्वको व्यापक उत्साह जनमानसमा देखिएको बताए ।
यसैबीच, काँग्रेस नेतृ तथा प्रधानमन्त्री शेरवहादुर देउवाकी पत्नी आरजु राणा जनकपुरधाम पुगेर देशको शान्ति, सम्वृद्धिको कामना गर्दै आईतवार अस्ताउदै गरेको सुर्यलाई अर्घ दिएकी हुन् । उनी आईतवार दिउँसो साढे तीन बजे जनकपुरधामको गंगासागर पोखरीको छठ घाटमा पुगेर अर्घ दिएकी हुन् ।
यसैबीच, राजा समर्थक राष्ट्रवादी नागरिक समाजले छठ पर्वको अवसरमा जनकपुरधामको गंगासागर पोखरीमा हेलिकोप्टर मार्फत पृष्प विष्ट गराएका छन् । ।
४० घण्टा सम्म भुखै बसेका ब्रातु घण्टौ पानी उभेर अर्घ दिन्छ
छठ पर्व मनाउने महिला वा पुरुष व्रतालुले औशि तिथि लागेसँगै माछामासु वा मनसाहारी भोजन त्याग गर्छन् । तिहारको चौथौ दिन नित्य कर्मपछि ब्रतमा बस्नेहरु लसुन, प्याज, उसिना चामलको भात वाहेक शुद्ध शकाहारी खाना, खीर दुध केरा खान्छन् । पञ्चमी तिथिमा दिनभरि निराहारपछि रातिमा गर्ने पुजा र फलाहारको यस दिनलाई खर्ना भनिन्छ ।
षष्ठीका दिन ब्रत बसिन्छ र ब्रत बस्नेहरुले अन्नजल ग्रहण गर्दैन ।
विहानैदेखि स्वच्छपुर्वक छैठमा लागि परिकारहरु भुस्वा, टकुवा, लडु लगायतका तयार पार्छन । ति सबै समानहरुलाई बासको डालोमा राखि सुर्य अस्त हुनुभन्दा अभावै कुनै जलासय नदि वा पोखरीमा छठ पुजा गर्छन । करिव ४० घण्टा सम्म भुखै बस्ने ब्रातालुले घण्टौ सम्म पानीमा उभेर अस्ताउदो सुर्य र उदाउदो सुर्यलाई अर्घ दिन्छ । आज बुधवार वेलुका श्रद्र्धालुहरुले अस्ताउँदो सुर्यलाई अर्घ दिएका छन् भने भोलि विहिवार उदाउँदो सुर्यलाई अघि दिई छठ पर्व विधिवत रुपमा सम्पन्न हुने छ ।
पुरोहित बिनाको प्राकृतिको पुजा
केहि दशक अघि नेपालको तराई र भारतका विहार, उत्तर प्रदेश लगायतका राज्यमा धुमधामका साथ मनाई छठ पर्व यतिवेला नेपालको पहाड तथा भारतका विभिन्न राज्यहरुमा मनाईने गरिन्छ । यति मात्र होईन विदेशमा बस्ने यसका वासिन्दाले पनि त्यहाँ पर्व गरेको देखिन्छ ।
केहि दशक अघि छठ पर्वको समाचार संकलन तथा लाईभ गर्न नेपाल टेलिविजनसहतिका सञ्चारमाध्यमबाट पत्रकारहरुलाई जनकपुर आउने गर्थियो । तर अचेल काठमाण्डौ सहितका पहाडि जिल्लाहरुको पनि छठ पर्व धुमधामका साथ मनाउने गरिएको पर्वको लोकप्रिया बढ्दै गएको सहज रुपमा बुझन सकिन्छ ।
छठमा प्राकृतिकका साथै एकता र अस्थााको पर्व भएकोले यसको लोकप्रियता दिनानुदिन बढ्दै गएको पत्रकार तथा साहित्यकार उपेन्द्रभगत नागवंशीले बताए । छठ पर्वलाई धर्मग्रन्थले हिन्दुहरुको पर्व भनेर व्यख्या गरेपनि यो पर्व हरेक वर्गको पर्व रहेको उल्लेख गर्दै उनले भने,‘ हिन्दुहरुको हरेक पर्वोत्सवहरुका ईश्वरको साक्षीको रुपमा कुनै न कुनै देवि–देवउताको प्रतिकात्मक चित्र कोरेर, प्रतिमा वा मुर्ति बनाएर पुजापाठ गर्ने चलन छ । तर छठ पर्वमा त्यस्तो केहि हुदैन । यसमा विसुद्ध रुपमा प्राकिृतको पुजा हुन्छ । त्यसैले विगतमा यो पर्व मुस्लिम सहितका सामुदायहरुले पनि मनाउने गथ्र्यिो ।’
छठ पर्व पण्डा, पुरोहित तथा देदान्तिहरुको आडम्बरी प्रथाबाट मुक्त राखि विशुद्ध रुपमा सनातनी लोकपर्व हो रहेको उनले बताए ।
यसको बोध लोक आस्थाका महापर्व छठको पुजन पद्धति र विधि व्यवहारबाट हुने भएकोले छठलाई लोकतान्त्रि पर्वहरुको रुपमा रुपमा लिने गरिन्छ । यसका साथै छठ पर्व जलासय पोखरी तथा नदिहरुको किनारमा गरिन्छ । हाल सम्म छुवाछुत कायम रहेको हाम्रो समाजमा सबै सामुदाय तथा जातजातीका व्यक्तिहरुले एक ठाउँमा भेला भई यो पर्व मनाउने भएकोले यसलाई समानताको पर्व पनि भने गरिएको उनले बताए ।
यस पर्वको वारेमा विभिन्न धार्मिक ग्रन्थहरुका उल्लेख गरेको पाईन्छ । यसमा छठीमाता र सुर्य दुवैको पुजा एकै साथ गरिन्छ । षष्ठी शब्द अपभ्रंश हुँदै ‘छठी’ र छठीबाट छठपर्वको रुपमा नामाकरण भएको धार्मिकग्रन्थको आधारमा देखिन्छ । छठपर्वको अवसरमा गरिने षष्ठी देवीको पूजाको सम्बन्धमा श्रीमद्देवी भागवत पुराणमा वर्णन गरिएको छ ।
त्यसैगरि, छठपर्वको अवसरमा सूर्यदेवको पूजा रामायणसँग जोडिएको छ । भगवान् राम १४ वर्षको वनवासको अवधिमा रावणको बध गरेका थिए । १४ वर्षको बनवासको अवधि पूरा गरेर औँशी तिथिमा अयोध्या फर्केपछि अयोध्यामा दीपावली मनाइएको रामायणमा उल्लेख गरिएको छ । दीपावलीको आठौँ दिन छठ पूजा गरिन्छ । भगवान् राम अयोध्या फर्केपछि राज्यारोहण गर्नुभन्दा पहिले ब्राह्मण (रावण) को हत्याको पापबाट मुक्त हुन ऋषिहरुले सूर्यदेवको पूजा गर्न सल्लाह दिए ।
शुक्ल षष्ठी र सप्तमी तिथिमा भगवान् रामले सूर्यदेवको पूजा गर्नु भएकाले सोही दिनदेखि छठपर्वमा सूर्यदेवको पूजा हुन थालेको विश्वास गरिन्छ । दुई घटना एउटै तिथिमा भएकाले षष्ठी देवी अर्थात् छठी माता र सूर्यदेवको पूजा एकैसाथ हुन थालेको विश्वास गरिन्छ ।