LIVE
सडक सुरक्षा प्रदेश सरकारको प्राथमिकता ः मन्त्री राय | दुर्घटना परेर सिरहामा ३ र बारामा एक जनाको मृत्यु | करेन्ट लागेर धनुषामा एक महिलाको मुत्यु | मधेश सरकारको अगामी अवाको बजेट ४६ अर्ब ्९८ करोड, चालुभन्दा ६ प्रतिशतले बढी | ४६/४७ अर्वको हराहारिमा अगामी अवाको बजेट ल्याउदै मधेस सरकार | लोसपाका महासचिव मिश्रद्वारा शहीद सन्तति वृत्ति कोषको स्थापना | अत्यधिक गर्मीले मधेश प्रदेशको जनजीवन चौतर्फी प्रभावित | अत्यधिक गर्मीले मधेश प्रदेशको जनजीवन प्रभावित | धनुषाको सबैलामा भेट्यो जनककालीन महादेव मन्दिरको अवशेष | जनकपुरधाम पुरानो इतिहासको लयमा फर्किदै छ ः प्रधानमन्त्री ओली |

काठमाडौं । नेपाली कांग्रेसले तरुण सीप वृत्ति कार्यक्रम ल्याउने भएको छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन – २०७९ को चुनावी घोषणापत्रमा कांग्रेसले उक्त कार्यक्रम समावेश गरेको हो ।‘उद्योग, निजी क्षेत्रका छाता संगठन, तीनै तहका सरकार र प्राविधिक शिक्षा एवं व्यावसायकि तालिम परिषदको सामूहिक पहलमा रोजगारी सिर्जनाका लागि बजारले मागेको युवाले रोजेको तरुण सीप वृत्ति कार्यक्रम ल्याइनेछ,’ कांग्रेसको घोषणापत्रमा भनिएको छ ।
उद्मम, रोजगारी र निजी क्षेत्र शीर्षकमा कांग्रेसले आफ्नो नेतृत्वको सरकार बनेमा ५ वर्षमा १२ लाख ५० हजार नयाँ रोजगारी सिर्जना गर्ने दाबीसमेत गरेको छ । यसका लागि कांग्रेस सरकारले ८ घण्टाको तीन वटा सिफ्ट लागु गरेर २४ घण्टा नै प्रमुख सहरहरु चलायमान हुने व्यवस्था गर्ने महामन्त्री एवं घोषणापत्र तयारी समितिका संयोजक विश्वप्रकाश शर्माले बताए ।

सम्बन्धित खबर