LIVE
पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती |

काठमाडौं । नेपाली कांग्रेसले तरुण सीप वृत्ति कार्यक्रम ल्याउने भएको छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन – २०७९ को चुनावी घोषणापत्रमा कांग्रेसले उक्त कार्यक्रम समावेश गरेको हो ।‘उद्योग, निजी क्षेत्रका छाता संगठन, तीनै तहका सरकार र प्राविधिक शिक्षा एवं व्यावसायकि तालिम परिषदको सामूहिक पहलमा रोजगारी सिर्जनाका लागि बजारले मागेको युवाले रोजेको तरुण सीप वृत्ति कार्यक्रम ल्याइनेछ,’ कांग्रेसको घोषणापत्रमा भनिएको छ ।
उद्मम, रोजगारी र निजी क्षेत्र शीर्षकमा कांग्रेसले आफ्नो नेतृत्वको सरकार बनेमा ५ वर्षमा १२ लाख ५० हजार नयाँ रोजगारी सिर्जना गर्ने दाबीसमेत गरेको छ । यसका लागि कांग्रेस सरकारले ८ घण्टाको तीन वटा सिफ्ट लागु गरेर २४ घण्टा नै प्रमुख सहरहरु चलायमान हुने व्यवस्था गर्ने महामन्त्री एवं घोषणापत्र तयारी समितिका संयोजक विश्वप्रकाश शर्माले बताए ।

सम्बन्धित खबर