LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

जनकपुरधाम । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले लामो संघर्ष र बलिदानीबाट प्राप्त भएको संघियता र लोकतन्त्रलाई एमाले अध्यक्ष केपि शर्मा ओली समाप्त गर्न उद्धत रहेको आरोप लगाएका छन् ।
मंगलवार जनकपुरधाममा अगुवा कार्यकता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले मुलुकमा संघियता र लोकतन्त्र ल्याउन नेपाली जनताले धेरै संघर्ष र बलिदानि दिएका भएपनि त्यसलाई समाप्त गर्न प्रतिगमकारि शक्ति लागि परेको बताए । विगतमा आफुले ल्याएको समाजिक सुरक्षा भत्तासहितका लोकप्रिय कार्यक्रमको फाईदा नेकपा एमालेले लिन खोजि रहेको पुर्व प्रधामन्त्री समेत रहेका अध्यक्ष नेपालको भनाई थियो ।
‘मनमोहन अधिकारी र म माधव कुमार नेपाल मिलेर समाजिक सुरक्षा भत्ता, विद्धुवा महिला, अपाङ्गलाई भत्ता दिने लगायतका लोकप्रिय कार्यक्रम ल्याए, अध्यक्ष नेपालले भने,‘ त्यहि लोकप्रियता देखेर जनताले गत निर्वाचनमा दुई तिहाई मत पनि दिए । तर नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले राम्रो काम गर्न सकेनन् । धेरै पटक उनलाई हामिले सच्याउने प्रयास पनि गरे । उनी गुटको राजनीतिक सुरु गरे । अन्त्यमा हामीले त्यो पार्टी नै त्याग गरि नयाँ पार्टी निर्माण गरेर अगाडी बढेका छौ ।’
‘नेपालको सम्वृद्धि र जनताको भविष्य लेख्ने कमल लिएर हामी निर्वाचनमा होमिएको छौ, अध्यक्ष नेपालले भने,‘ अव हामीले सम्वृद्धि नेपाल र उज्जवल भविष्य बनाउन कलमलाई रौजौ ।’ भुमिगत कालमा अधिकांश समय धनुषामै बिताएको बताउदै अध्यक्ष नेपालले भने,‘ नेपाल कम्युनिष्ट पार्टीलाई अगाडी बढाउन धनुषाको योगदान निकै महत्वपुर्ण रहेको छ ।’

 

सम्बन्धित खबर