LIVE
मासूम बालक बने मानवताको उदाहरण, नेपालका बाढीपीडितलाई सहयोग गर्न आफ्नै गुल्लक हस्तान्तरण | भोटेकोशी बाढीपीडितका लागि हमीद रेजाद्वारा ५ लाख सहयोग | भोटेकोशी बाढीपीडितलाई रविउन नुर कमिटीको पहलमा झण्डै पाँच लाखको राहत | कम लागतमा बढी आम्दानी : धनुषाका किसानलाई कृषि व्यवसायमा जोड्ने पहल | जलेश्वर कारागारका कैदीबन्दीद्वारा प्रधानमन्त्री विपद् राहत कोषमा १ लाख जम्मा | श्रीमानको फोनको प्रतिक्षामा पुजा साह | भोटोकोशिमा आएको बाढी कारण मधेश प्रदेशमा १६२ जना अझै वेपत्ता | नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली |

जनकपुरधाम । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले लामो संघर्ष र बलिदानीबाट प्राप्त भएको संघियता र लोकतन्त्रलाई एमाले अध्यक्ष केपि शर्मा ओली समाप्त गर्न उद्धत रहेको आरोप लगाएका छन् ।
मंगलवार जनकपुरधाममा अगुवा कार्यकता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले मुलुकमा संघियता र लोकतन्त्र ल्याउन नेपाली जनताले धेरै संघर्ष र बलिदानि दिएका भएपनि त्यसलाई समाप्त गर्न प्रतिगमकारि शक्ति लागि परेको बताए । विगतमा आफुले ल्याएको समाजिक सुरक्षा भत्तासहितका लोकप्रिय कार्यक्रमको फाईदा नेकपा एमालेले लिन खोजि रहेको पुर्व प्रधामन्त्री समेत रहेका अध्यक्ष नेपालको भनाई थियो ।
‘मनमोहन अधिकारी र म माधव कुमार नेपाल मिलेर समाजिक सुरक्षा भत्ता, विद्धुवा महिला, अपाङ्गलाई भत्ता दिने लगायतका लोकप्रिय कार्यक्रम ल्याए, अध्यक्ष नेपालले भने,‘ त्यहि लोकप्रियता देखेर जनताले गत निर्वाचनमा दुई तिहाई मत पनि दिए । तर नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले राम्रो काम गर्न सकेनन् । धेरै पटक उनलाई हामिले सच्याउने प्रयास पनि गरे । उनी गुटको राजनीतिक सुरु गरे । अन्त्यमा हामीले त्यो पार्टी नै त्याग गरि नयाँ पार्टी निर्माण गरेर अगाडी बढेका छौ ।’
‘नेपालको सम्वृद्धि र जनताको भविष्य लेख्ने कमल लिएर हामी निर्वाचनमा होमिएको छौ, अध्यक्ष नेपालले भने,‘ अव हामीले सम्वृद्धि नेपाल र उज्जवल भविष्य बनाउन कलमलाई रौजौ ।’ भुमिगत कालमा अधिकांश समय धनुषामै बिताएको बताउदै अध्यक्ष नेपालले भने,‘ नेपाल कम्युनिष्ट पार्टीलाई अगाडी बढाउन धनुषाको योगदान निकै महत्वपुर्ण रहेको छ ।’

 

सम्बन्धित खबर