LIVE
आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग |

जनकपुरधाम । तराई मधेश लोकतान्त्रिक पार्टीका नेता तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को (ख)बाट प्रदेश सभा सदस्यका उम्मेदवार असगर अलीले मधेश विरोधी शक्तिलाई चुनावी ब्यालेटबाट सबक सिखाउनुपर्ने बताएका छन् ।
जनकपुरधाम उपमहानगरपालिका–४ मा बुधवार निर्वाचन प्रचारप्रसार समितिको कार्यालयको उद्घाटन पश्चात आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै नेता अलीले मधेशी जनताको हक अधिकारको सवालमा सबै राष्ट्रिय पार्टीहरु एउटै मानसिकता रहेको आरोप लगाए ।
मधेश केन्द्रित दलहरु सत्ता स्वार्थका कारण मधेशको एजेण्डा छोडेर मधेश विरोधी पार्टीसँग चुनावी सहकार्य गरेको दावि गर्दै नेता अलीले भने,‘ अव मधेश केन्द्रितहरुको प्राथमिकतामा मधेश र मधेशी जनता रहनन्, उनीहरु आफ्नो सत्ता र स्वार्थ सिद्ध गर्न कोही काँग्रेस माओवादीसँग त केही एमालेसँग चुनावी गठबन्धन गरेका छन् । उनीहरुलाई मधेश र मधेशी एजेण्डासँग अव कुनै सरोकार रहनन् ।’

संविधान अझै संसोधन नभएर अझै मधेशीको हितमा हुन सकेको छैन, नागरिकता ऐन पास नहुदाँ लाखौ मधेशीका सन्तान नागरिकताबाट वंचित भएका कारण उच्च शिक्षा र रोजगार पाउन सकेका छैनन्, उम्मेदवार अलीले भने,‘ मधेश आन्दोलन तका आफ्ना ज्यानका समेत प्रभाव नगरि लागेहरुमाथि अहिले विभिन्न मुद्दाहरु छन्, सो मुद्दा धेरै कारागार जीवन बिताई रहेका छन्, तर उनीहरुलाई रिहा गराउन मधेश केन्द्रित दलहरु सकेनन् । मात्रै सत्ताको लागि सहमतिको नाटक गरेर पालैपालो सत्तामा पुगे ।तर मधेश मुद्दा जहाँको त्यही छ ।’ अवको निर्वाचनमा त्यस्ता पार्टी र नेतालाई पहचिान गरि मतदान गर्न उम्मेदवार अली सबैसँग आग्रहा समेत गरे ।

सम्बन्धित खबर