LIVE
समावेशी नेतृत्वतर्फ लोसपा ः नेता राईन सह–महासचिवमा मनोनित | राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता |

जनकपुरधाम । तराई मधेश लोकतान्त्रिक पार्टीका नेता तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को (ख)बाट प्रदेश सभा सदस्यका उम्मेदवार असगर अलीले मधेश विरोधी शक्तिलाई चुनावी ब्यालेटबाट सबक सिखाउनुपर्ने बताएका छन् ।
जनकपुरधाम उपमहानगरपालिका–४ मा बुधवार निर्वाचन प्रचारप्रसार समितिको कार्यालयको उद्घाटन पश्चात आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै नेता अलीले मधेशी जनताको हक अधिकारको सवालमा सबै राष्ट्रिय पार्टीहरु एउटै मानसिकता रहेको आरोप लगाए ।
मधेश केन्द्रित दलहरु सत्ता स्वार्थका कारण मधेशको एजेण्डा छोडेर मधेश विरोधी पार्टीसँग चुनावी सहकार्य गरेको दावि गर्दै नेता अलीले भने,‘ अव मधेश केन्द्रितहरुको प्राथमिकतामा मधेश र मधेशी जनता रहनन्, उनीहरु आफ्नो सत्ता र स्वार्थ सिद्ध गर्न कोही काँग्रेस माओवादीसँग त केही एमालेसँग चुनावी गठबन्धन गरेका छन् । उनीहरुलाई मधेश र मधेशी एजेण्डासँग अव कुनै सरोकार रहनन् ।’

संविधान अझै संसोधन नभएर अझै मधेशीको हितमा हुन सकेको छैन, नागरिकता ऐन पास नहुदाँ लाखौ मधेशीका सन्तान नागरिकताबाट वंचित भएका कारण उच्च शिक्षा र रोजगार पाउन सकेका छैनन्, उम्मेदवार अलीले भने,‘ मधेश आन्दोलन तका आफ्ना ज्यानका समेत प्रभाव नगरि लागेहरुमाथि अहिले विभिन्न मुद्दाहरु छन्, सो मुद्दा धेरै कारागार जीवन बिताई रहेका छन्, तर उनीहरुलाई रिहा गराउन मधेश केन्द्रित दलहरु सकेनन् । मात्रै सत्ताको लागि सहमतिको नाटक गरेर पालैपालो सत्तामा पुगे ।तर मधेश मुद्दा जहाँको त्यही छ ।’ अवको निर्वाचनमा त्यस्ता पार्टी र नेतालाई पहचिान गरि मतदान गर्न उम्मेदवार अली सबैसँग आग्रहा समेत गरे ।

सम्बन्धित खबर