LIVE
मधेशबाट झण्डै ८९हजार विद्यार्थी एसईई दिदै | मधेश प्रदेश सरकारद्वारा एसईई परीक्षा वहिस्कार | प्रहरीले चलाएको गोलिको लागेर धनुषामा एक युवक गम्भिर घाइते | यस वर्षको ‘महामुर्ख’को उपाधि मधेश प्रदेशका मुख्यमन्त्री सिंहलाई | होली पर्वको अवसरमा धनुषाको सुरक्षा र ट्राफिक व्यवस्था कडा | अन्तगृह परिक्रमा सम्पन्न, मुस्लिम नागरिक समाजद्वारा परिक्रमावासी चुरा र मिठा वित्तरण | महोत्तरी मलपोतका खरिदार अख्तियारको फान्दामा | मधेश प्रदेशका गृहमन्त्री लेखिको सुरक्षामा खटेका असई यादवको मृत्यु | अवैध रुपमा संचालित प्रदेशका ५८ वटा अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन | श्रममन्त्रीको पहलमा महोत्तरीमा व्यवसायिक प्रशिक्षण केन्द्रको स्थापना हुँदै |

काठमाडौं । विभिन्न मुलुकबाट शंकास्पद रकम भित्र्याएको आरोप लागेका पृथ्वीबहादुर शाहलाई प्रहरीले पक्राउ गरेको छ ।केन्द्रीय अनुुसन्धान ब्यूरो सीआईबी बाट खटिएको टोलीले शाहसहित ६ जनालाई पक्राउ गरेको एआईजी उत्तमराज सुवेदीले बताए ।क्राउ पर्ने अन्यमा विजयविक्रम शाह, चक्रबहादुर खत्री, अनुप खड्का, रुक्मांगत काफ्ले र अछामका रंगबहादुर साउद छन् ।एआईजी सुवेदीका अनुसार उनीविरुद्ध अनुसन्धानका लागि शुक्रबार दिउँसो जिल्ला अदालत, काठमाडौंबाट म्याद लिइएको छ ।कम्तिमा पनि आधा दर्जन कम्पनी खोलेका उनले एउटै विवरण र व्यहोरा राखेर आफ्नो कम्पनीमा अमेरिकाबाट रकम भित्र्याउने प्रयास गरेका देखिएको थियो ।

शाहले व्यापार, रेमिट्यान्स र लगानीसँग सम्बन्धित आधा दर्जन कम्पनी स्थापना गरी अमेरिकाबाट नेपालमा रकम भित्र्याउन खोजेका थिए । त्यसक्रममा केही रकम अमेरिकाबाट नेपाल भित्रिइसकेको थियो ।वित्तीय शुद्धीकरणवारे अनुसन्धान गर्ने अमेरिकी निकाय फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क ९फिन्सेन० ले लगानीको स्रोतबारे शंका गरेपछि नेपाल राष्ट्र बैंकलाई रकम रोक्का गर्न पत्र पठाएको थियो । त्यसका आधारमा राष्ट्र बैंकले प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबी, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलगायतका निकायमा अनुसन्धान गर्न र रकम रोक्का राख्न पत्राचार गरेको थियो ।अनुसन्धानका क्रममा पक्राउ गरेर हिरासतमा राख्नुपर्ने देखिएपछि शुक्रबार अपराह्न शाहसहितका व्यक्तिहरुलाई पक्राउ गरिएको सीआईबीका निर्देशक समेत रहेका सुवेदी बताउँछन् ।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकमा तोक लगाएर शाहको रोक्का भएको रकम फिर्ता गर्न दबाब दिएको सार्वजनिक भएको थियो ।पछि शाहले पत्रकार सम्मेलन गरेर आफूले जायज रुपमा रकम ल्याउन खोजेको दावी गरेका थिए ।तर, अनुसन्धान अधिकृतहरुका अनुसार पृथ्वीबहादुर शाह र अरु व्यक्तिहरुले वर्ल्ड ट्राभल्स एण्ड इन्भेष्टमेन्ट प्रा लि वर्ल्ड फस्ट होलिडे प्रा।लि।, वर्ल्ड वाईड रेमिट प्रा लि, वर्ल्ड एक्सपोर्ट एण्ड इम्पोर्ट प्रा लि, टाइम्स टुडे पिस होलिडे इन्भारमेन्ट प्रा लि स्थापना गरी अमेरिकाका विभिन्न ठाउँबाट रकम भित्र्याएको देखिएको छ ।

सम्बन्धित खबर