LIVE
समावेशी नेतृत्वतर्फ लोसपा ः नेता राईन सह–महासचिवमा मनोनित | राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता |

काठमाडौं । सोमवार नेप्से परिसूचक ४७ दशमलव १५ बढेर बन्द भएको छ । परिसूचक बढेर २ हजार २११ दशमलव ७६ विन्दुमा पुगेको छ । यस दिन २५७ धितोपत्रको १ करोड ४६ लाख ६७ हजार २०६ कित्ता शेयरको ७४ हजार ५४३ पटकमा रू ५ अर्ब ३१ करोड बराबरको कारोबार भएको छ । नेप्से परिसूचक साढे सात महीनापछि २२ विन्दुमा माथि पुगेको हो । यसअघि जेठ १३ गते नेप्से परिसूचक २ हजार २२३ दशमलव ७८ विन्दुमा पुगेको थियो । नयाँ सरकारले पुँजी बजारलाई सम्बोधन गर्‍यो भने प्रधानमन्त्री र अर्थमन्त्री दुवैले समग्र अर्थतन्त्रसहित पुँजी बजार सुधारका लागि काम गर्ने सार्वजनिक रूपमै उद्घोेष गरे ।

सोही कारण पछिल्लो समय लगानीकर्ताको मनोबल बढेको देखिन्छ । छोटो समयमै धेरै अंक बढेको बजारमा करेक्सन आउने लगानीकर्ताको अनुमान विपरीत इन्ट्राडेमा करेक्सन भएर नेप्सेले नयाँ उचाइ लिएको छ । पछिल्लो समय वित्तीय प्रणालीमा तरलता सहज हुन थालेकाले पनि बजार थप बढ्न टेवा पुगेको जानकारहरू बताउँछन् । बजार बढ्दा कम पूँजी भएका कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण परेको देखिन्छ । सोही कारण सोमवार अधिकांश जलविद्युत् कम्पनीहरूको शेयर मूल्य उच्च दरमा वृद्धि भएको छ ।

सोमवार आठ धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । बरुण हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर, जोशी हाइड्रोपावर, हिमालयन ऊर्जा विकास कम्पनी, युनियन हाइड्रोपावर, सिंगटी हाइड्रो इनर्जी र खप्तड लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतका दरले वृद्धि भएपछि सकारात्मक सर्किट लागेको छ । त्यस्तै स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सबैभन्दा बढी ३ दशमलव ५७ प्रतिशत घटेर रू १ हजार ५९५ कायम भएको छ ।

दोस्रोमा धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य २ दशमलव ४४ प्रतिशत घटेर रू १ हजार ५६० कायम भएको छ । यस दिन रिडी पावर कम्पनीको सर्वाधिक शेयर खरीदविक्री भई रू। २० करोड ६८ लाख बराबरको कारोबार भएको छ । कम्पनीको शेयर मूल्य रू। ६ सय कायम भएको छ । त्यस्तै दोस्रोमा ङादी ग्रूप पावरको रू। १६ करोड ९६ लाख बराबरको कारोबार भएको छ ।कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये होटल तथा पर्यटन समूहको परिसूचक शून्य दशमलव १७ प्रतिशत घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ । सबैभन्दा बढी जलविद्युत् समूहको परिसूचक ४ दशमलव ९४ प्रतिशत वृद्धि भएको छ ।

 

सम्बन्धित खबर