LIVE
भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने | पर्साका विभिन्न स्थानको अतिक्रण हटाईदै, गण्डक नहर क्षेत्रमा सात सयभन्दा बढी संरचना हटाइयो | उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ | सरकारी विज्ञापन नीतिविरुद्ध प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र | सरकारी विज्ञापन नीति विरुद्ध मधेशका मुख्यमन्त्री यादवलाई ज्ञापनपत्र |

काठमाडौं । सोमवार नेप्से परिसूचक ४७ दशमलव १५ बढेर बन्द भएको छ । परिसूचक बढेर २ हजार २११ दशमलव ७६ विन्दुमा पुगेको छ । यस दिन २५७ धितोपत्रको १ करोड ४६ लाख ६७ हजार २०६ कित्ता शेयरको ७४ हजार ५४३ पटकमा रू ५ अर्ब ३१ करोड बराबरको कारोबार भएको छ । नेप्से परिसूचक साढे सात महीनापछि २२ विन्दुमा माथि पुगेको हो । यसअघि जेठ १३ गते नेप्से परिसूचक २ हजार २२३ दशमलव ७८ विन्दुमा पुगेको थियो । नयाँ सरकारले पुँजी बजारलाई सम्बोधन गर्‍यो भने प्रधानमन्त्री र अर्थमन्त्री दुवैले समग्र अर्थतन्त्रसहित पुँजी बजार सुधारका लागि काम गर्ने सार्वजनिक रूपमै उद्घोेष गरे ।

सोही कारण पछिल्लो समय लगानीकर्ताको मनोबल बढेको देखिन्छ । छोटो समयमै धेरै अंक बढेको बजारमा करेक्सन आउने लगानीकर्ताको अनुमान विपरीत इन्ट्राडेमा करेक्सन भएर नेप्सेले नयाँ उचाइ लिएको छ । पछिल्लो समय वित्तीय प्रणालीमा तरलता सहज हुन थालेकाले पनि बजार थप बढ्न टेवा पुगेको जानकारहरू बताउँछन् । बजार बढ्दा कम पूँजी भएका कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण परेको देखिन्छ । सोही कारण सोमवार अधिकांश जलविद्युत् कम्पनीहरूको शेयर मूल्य उच्च दरमा वृद्धि भएको छ ।

सोमवार आठ धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । बरुण हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर, जोशी हाइड्रोपावर, हिमालयन ऊर्जा विकास कम्पनी, युनियन हाइड्रोपावर, सिंगटी हाइड्रो इनर्जी र खप्तड लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतका दरले वृद्धि भएपछि सकारात्मक सर्किट लागेको छ । त्यस्तै स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सबैभन्दा बढी ३ दशमलव ५७ प्रतिशत घटेर रू १ हजार ५९५ कायम भएको छ ।

दोस्रोमा धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य २ दशमलव ४४ प्रतिशत घटेर रू १ हजार ५६० कायम भएको छ । यस दिन रिडी पावर कम्पनीको सर्वाधिक शेयर खरीदविक्री भई रू। २० करोड ६८ लाख बराबरको कारोबार भएको छ । कम्पनीको शेयर मूल्य रू। ६ सय कायम भएको छ । त्यस्तै दोस्रोमा ङादी ग्रूप पावरको रू। १६ करोड ९६ लाख बराबरको कारोबार भएको छ ।कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये होटल तथा पर्यटन समूहको परिसूचक शून्य दशमलव १७ प्रतिशत घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ । सबैभन्दा बढी जलविद्युत् समूहको परिसूचक ४ दशमलव ९४ प्रतिशत वृद्धि भएको छ ।

 

सम्बन्धित खबर