काठमाडौं । सरकारले विश्वासको मत पाउने र नपाउने द्विविधा रहेको बेला सर्वदलीय सरकार बन्दा लगानीकर्ता भने तर्सिएका छन् ।मंगलवार शेयर बजार परिसूचक नेप्से २१ दशमलव ३५ अंकले घटेर बन्द भएको छ । यो पछिल्लो १७ दिनयताकै सर्वाधिक गिरावट हो । तर घटेको बजारमा कारोबार रकम भने पछिल्लो करीब १ वर्षयताकै सर्वाधिक हो । यसअघि नेप्से २८०० को वरिपरि हुँदा मात्रै ८ अर्ब रुपैयाँको शेयर किनबेच भएको थियो ।२२०० विन्दु नाघिसकेको नेप्से परिसूचक घटेर २ हजार २९० दशमलव ४२ विन्दुमा पुगेको छ । मंगलवार २०९ ओटा कम्पनीको २ करोड ८ लाख ४३ हजार ९५२ कित्ता धितोपत्र ७ अर्ब ६५ करोड रुपैयाँमा किनबेच भएको छ ।
मंगलवार एक मात्र कम्पनीस् बाराही हाईड्रो पावरको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै सबै भन्दा बढी गुमाउने कम्पनीहरूमा तारागाउँ रिजेन्सी होटल ८ दशमलव ७४ प्रतिशत, बुद्धभूमी नेपाल हाईड्रो ७ दशमलव ४७ प्रतिशत र रिभर फल्स पावर लिमिटेड ६ दशमलव ८३ प्रतिशत रहेका छन् ।मंगलवार ५३ कम्पनीको शेयर मूल्य उकालो लाग्दा १५१ कम्पनीको शेयर मूल्य भने ओरालो लागेको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा भने ३ ओटा जलविद्युत समूहका कम्पनी रहेका छन् । जसमा न्यादी ग्रुप पावरको २१ करोड २१ लाख, अपि पावरको २० करोड ६७ लाख, रिडि पावर कम्पनीको १८ करोड १५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।
यी तीन कम्पनी मध्ये २ कम्पनीको मूल्य बढेको छ । अपी पावरको शेयर मूल्य भने घटेको छ ।१३ ओटा समूहगत सूचकमा बैंकिङ र म्युचुअल फण्ड बाहेक अरू सबै समूहगत सूचक ओरालो लागेका छन् । सबैभन्दा बढी घट्नेमा फाइनान्स र होटल तथा पर्यटन समूह रहेका छन् । नेपाल ईन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल आज ९मंगलवार० को बजारलाई घटेको भन्न नमिल्ने बताउँछन् । ुआजको बजारलाई घटेको भन्न मिल्दैन, यो करेक्सन होु, उनले भने। आजको बजारमा भएको कारोबार र करेक्सन हेर्दा नेपाली पूँजी बजार अझ परिपक्क भएको देखिन्छ, उनले भने।
एनआईसी एशिया क्यापिटलका प्रमुख कार्याकारी अधिकृत ९सिईओ० रमेन्द्र रायामाझी आज बजारमा करेक्सन भएको दाबी गर्छन् । बजार १८०० बाट २२०० बिन्दुसम्म पुग्दा बजारमा एउटा करेक्सन आवश्यक थियो। आज बजारमा करेक्सन आएसँगै नेपाली पूँजी बजार परिपक्क भएको बुझिन्छ, उनले भने।तर शेयर बजारका एकथरी जानकारहरू भने करेक्सन भएको बजारमा ठूलो कारोबार हुनुलाई राम्रो मान्दैनन् । मंगलवार पछिल्लो १ वर्ष यताकै सर्वाधिक रकमको कारोबार भएकोले यसलाई राम्रो मान्न नमिल्ने एक जानकारले बताए ।